धनकुटा । अब धनकुटा बाटै पिसिआर परिक्षण गराउन पिसिआर परिक्षण ल्याव स्थापना गरिने भएको छ । संघिय सांसद राजेन्द्र कुमार राईले सामाजिक सञ्जालमा आफ्नो फेसबुक मार्फत पिसिआर परिक्षण ल्याव धनकुटामा नै स्थापना गर्न लागिएको जानकारि दिनुभएको हो । धनकुटामा परिक्षण ल्याव स्थापना गरि धनकुटा लगायतका छिमेकि पहाडि जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका बासिन्दा हरूकालािग पनि कोरोना परिक्षणमा शहज पुर्याउन लागिएको सांसद राईले जानकारी दिनुभएको छ । पिसिआर परिक्षणका लागि धरान र विराटनगर लानु पर्ने भएकाले जिल्लाबासिहरूलाई भएको समस्यालाई मध्य नजर गर्दै ल्याव स्थापना गर्न लागिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया