बेलबारीं । जाजरकोट भेरी नगरपालिका ४ मा ६ जनाको ज्यान जाने गरी गत १० गते भएको घटनाको निन्दा तथा दोषीलाई कारवाहीको माग गर्दै दलित वर्ग उत्थान समिति बेलवारीले मोरगंको बेलबारी नगरपालिका लाइ ज्ञापन पत्र वुझाएको छ ।
लकडाउनको समयमा समेत दलित वर्ग उत्थान समिति बेलबारीले सो घटनामा संलग्न दोषीहरुलाई कारवाही र पिडित परिवारलाई न्याय दिलाउन माग सहितको ज्ञापन पत्र वुझाएको हो ।
दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष हरिवहादुर विश्वकर्मा र सचिव शान्ताकुमार सुनारको हस्ताक्षर रहेको ज्ञापन पत्र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीतथा उप प्रमुख ढाका कुमारी पराजुली लाई बुझाएको छ ।
सो ज्ञापन पत्रमा नेपालमा जातियमुक्त घोषणा भएको देश भएपनि अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने निमर्म घटना घट्नु अत्यान्त निन्दनीय रहेको भन्दै नेपालको संविधान र कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गरिएको छ । त्यसै गरी पिडितलाई न्याय र सामाजिक सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरिएको छ ।
ज्ञापन पत्र वुझादै नगरप्रमुख सुवेदीले सो घटनासंग जोडिएको घटनाको विषयको ज्ञापन पत्रले आफुहरुको पनि गम्भीर ध्यार्नाकषण भएको भन्दै संघिय सरकारले यो घटनाका संग जोडिएकाहरुलाई भम्भीर रुपमा छानविन गरी कारवाही गरोस भन्ने पक्षमा आफुहरु समेत रहेको वताए । उनले सामाजिक सद्धभाव कायम गर्न समेत सबैलाई आग्रह समेत गरे । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा दलित वर्ग उत्थान समितिका उपाध्यक्ष राजन दर्नाल, बेलबारी नगरपालिका ३का वडा सदस्य चन्द्र मंग्राती लगायातको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया