धनकुटा । जोखिम मोल्दै चौविसे गउँपालिका वडा नम्वर ७ मौना बुधुकमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा कार्यालयका कर्मचारी, एम्बुलेन्स चालकलगायतको लक्ष्मी बैंक blb र बुधुक रेमिट्यान्सका प्रोपाईटर टीका कोईरालाले कोरोना विमा गरिदिनु भएको छ । अहिले विश्व भरि महामारिको रूपमा फैलिएको कोरोना भाईरसले सबैमा त्रास फैलाको अवस्थालाई मध्यनजर गर्दै बुधुक रेमिटान्सका प्रोपाईटर कोईरालाले समाजको अग्रभागमा रहेर कोरोना विरूद्दको अभियानमा होमिनु भएका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, वडाका कर्मचारि र एम्बुलेन्स चालक गरि १८ जना लाई कोरोना संक्रमण भएमा उपचारका लागि ५० हजार बराबरको कोरोना विमा गरिदिनु भएको आईएम ई लाईफ ईन्स्युरेन्स राजारानीका शाखा प्रमुख अजय कोईरालाले जानकारी दिनुभयो । विमा गरिएकाहरूको बीमित पत्र रेमिट्यान्सका प्रोपाईटर कोईरालाले सम्बन्धीत विमितलाई हस्तान्तरण गर्नु भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया