धनकुटा  । सामुदायिक वन उपभोक्ता महासंघको २५ औ स्थापना दिवस तथा रजत जयन्ति आज धनकुटामा वृक्षा रोपण गरि मनाईएको छ ।
सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाको संमयोजन तथा चुलीवन देउराली सामुदायिक बन उपभोक्ता समुहको व्यवस्थापनमा धनकुटा नगरपालिका वडा नम्वर ७ स्थित चुलिवन सामुदायिक वनमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी दिवस मनाईएको हो ।
चुलिवन सामुदायिक वनमा सल्लो, तेजपात लगायतका बिरुवा रोपण गरि उक्त दिवस मनाएको डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत युवराज मास्केले बताउनु भयो ।
जिल्ला भरिका सबै सामुदायिक वनहरुमा दिवसको अवसरमा बृक्षा रोपण गर्ने अभियान अनुरुप चुलिवन सामुदायिक वनमा बृक्षा रोपण गरिएको हो ।
२५ बर्ष पुरा भएको अवसरमा मुलुक भर विशेष कार्यक्रम गर्ने भनि निर्णय गरिएको भएता पनि कोरोना भाईरस संक्रमणका कारण सबै कार्यक्रमहरु गर्न नसकिएकोले गत जेठ १६ गते पत्रपत्रिकामा सुचना प्रवाह, १७ गते सबैका घर घरमा दिपावली र आज सबै सामुदायिक वनहरुमा बृक्षारोपण गर्ने निर्णय बमोजिम तीन दिने दिवस मनाईएको जिल्ला महासंघ धनकुटाले जनाएको छ ।
महासंघले सामुदायिक वन उपभोक्ताहरुको हक हितका निमित्त हाल बनेका कानुनहरुले काम गर्न सक्यो सकेन भन्ने विषयको सेरोफेरोमा रहेर अगाडि बढेमा उपभोक्ताहरुलाई आयआर्जनका क्षेत्रमा लगाई सिङ्गो राष्ट्रलाई अगाडि बढाउन सकिने दिवसको अवसरमा बोल्नुहुदै जिल्ला महासंघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उक्त दिवसमा गरिएको बृक्षारोपणमा डिभिजन वन कार्यालय धनकुटाका अधिकृत स्तर छैटौंमा कार्यरत भुवनमणि शर्मा, अधिकृत स्तर आठौं (सहायक वन अधिकृत) ललित यादव, सामुदायिक वन समुहका अध्यक्ष चन्द्र कुमारी आठपहरीया, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ नेपाल धनकुटाका अध्यक्ष निल बहादुर थापा, प्रदेश महासंघ एक नम्वर प्रदेशका सचिव राजेन्द्र खड्का, केन्द्रीय महासंघका सदस्य, प्रदेश महासंघ, डिभिजन वन कर्यालय धनकुटा र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया