धनकुटा । संसार भरी कोरोना महामारी फैलिरहेको परिस्तिथीमा रोगबाट बच्न मास्क लगाउन अनिवार्य भए पनि बजारमा मास्क पाउन मुस्किल छ। यही समस्यालाई बुझेर धनकुटा लेडी जेसीजले सामाजिक दुरी कायम गर्दै सबैको घरमा उपलब्ध भएको कपडाबाट कसरी मास्क बनाउने भनेर तालिम दिईएको छ। तालिमको संयोजन र प्रशिक्षण धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ ,थापाले गर्नु भएको थियो भने कार्यक्रममा अन्य सहयोग उपाध्यक्षद्वय बिपना श्रेष्ठ र रजनी श्रेष्ठले गर्नु भएको थियो। यो महामारीमा धनकुटाका स्थानियहरु लाई लेडी जेसीजकी संस्थापक अध्यक्षले आफ्नै लगानीमा खाधान्न लगायत मास्क बनाई बिभिन्न ठाँऊमा निःशुल्क वितरण गरी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया