विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइसर (कोभिड १९) को कारणले संसार स्तब्ध छ । विश्व अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय पनि धरापमा परेको छ । यस पेशासँग सम्बन्धित सबै व्यवसाय निकै आत्तिएका छन् ।

पर्यटन क्षेत्रमा ठुलो लगानी गरिएको छ । धेरै व्यवसायीले बैंकबाट ऋण लिएर पनि व्यवसाय चलाएका छन् । ति व्यवसायीलाई अब कसरी अघि बढ्ने भन्ने चिन्ताले छोएको छ ।

विश्वव्यापी रुपमा थलिएको पर्यटनलाई कसरी शुरुको अवस्थामा ल्याउने वा व्यवसाय अगाडी बढाउने भन्ने विषयमा निकै बहस चलिरहेका छन् । आखिरमा व्यवसायीहरु व्यवसायबाट पछि हट्न सकिने अवस्था छैन ।

किनकी योसँग धेरै मानिसको रोजगारी पनि जोडिएको छ । कसरी भाडा तिर्ने, कसरी लोन तिर्ने कसरी कर्मचारीको तलव खुवाउने चिन्ताको विषय छ ।

जहाँ समस्या त्यहाँ उपाय । अभावबाटै अवसर खोज्नुुपर्छ । यदि सरकारले व्यवसायीसँग हातेमालो गरी अघि बढ्यो भने एक वर्ष भित्र हामी हाम्रो पर्यटनलाई पुरानो अवस्थामा फर्काउन सक्छौं । त्यसको लागि हामीले केही प्रतिबद्धता जनाउनुपर्छ ।

अबको एक वर्ष धेरै कमाउने होइन, पर्यटन र व्यवसायी बचाउने भन्ने नारालाई व्यवसायीले आत्मसाथ गर्दै जानुुपर्छ । हामीलाई अहिले पनि थाहा छैन की यो कोभिड १९ को संक्रमण कहिलेसम्म रहन्छ । र यसको औषधी कहिले आउँछ । त्यसैले अब उचित सावधानी अपनाएर व्यवसाय अगाडी बढाउन पूर्व तयारी गर्नुुपर्ने हुन्छ ।

हामी कोभिड १९ भन्दै व्यवसाय बन्द गरेर बस्ने हो रअ अहिलेकै अवस्थालाई लम्ब्याउने हो भने व्यवसायी उठ्नै नसक्ने गरि थला पर्छन् । देशकै आर्थिक मेरुदण्डको रुपमा हेरिएको पर्यटन धरापमा पर्छ । त्यसैले अब सावधानी अपनाएर पर्यटनलाई चलायमान गर्नुको अर्को विकल्प छैन ।
छिमेकी देश भारतमा दैनीक रुपमा कोभिड १९ को सँक्रमण बढ्दै छ । तर पनि उचित सावधानी अपनाएर होटल, पर्यटन व्यवसाय खोल्न सरकारले आदेश दिइसकेको छ ।

नेपालको हकमा सकेसम्म केन्द्रीय सरकारले नभएपनी प्रदेश सरकारले आट गर्नुपर्छ । व्यवसायीसंग उचित समन्वय भयो भने पर्यटनलाई एक वर्ष भित्र पुरानो अवस्थामा फर्काउन सकिन्छ ।

सरकारको तर्फबाट यस्ता काम गर्नुपर्ने हुन्छ :

  • प्रदेश एक सरकार पर्यटन मन्त्रालयले प्रदेशका मुुख्य गन्तव्यहरुको बारेमा प्रचार गर्ने ।
  • कम्तिमा एक वर्षका लागि सम्पुुर्ण व्यवसायीहरु तथा नागरिकलाई आव्हान गर्दै देश भ्रमणको लागि प्रोत्साहित गर्ने ।
  • प्रदेश सरकारले कम्तिमा ५० ओटा पर्यटन बसको अवधारणा ल्याई सस्तो दरमा पर्यटन आवत जावतको व्यवस्था गर्ने ।
  • प्रदेश सरकारले बैँकहरुसँग समन्वय गरि कम्तिमा ६ महिना देखि एक वर्षसम्मका लागि सावा ब्याजको समय सारिदिने र संस्था पुुर्ण रुपमा सन्चालन गर्नका लागि सस्तो व्याजमा ५ देखि ५० लाखसम्मको अल्पकालिन ऋणको प्रबन्ध गरिदिने ।
  • सरकारले निजि क्षेत्रको सहकार्यमा पर्यटन कार्यक्रमहरु प्रदेशका विभिन्न ठाउँमा संचालन गर्ने ।

व्यवसायीको तर्फबाट गर्नुपर्ने कामहरु :

  • कम नाफा खानेगरि सस्तो र राम्रो प्याकेजको अफर गर्ने, पर्यटनलाई बिस्तारै चलायमान गर्ने ।
  • विद्यार्थीहरुका लागि सस्तोमा राम्रो भ्रमण प्याकेज ल्याउने ।
  • व्यवसायीहरुले कोरोना फ्रि जोन वा स्टे टुु सेफ भन्ने अवधारणा लाई आत्मसाथ गर्दै उचित व्यवस्थापनमा ध्यान दिने । सुविधालाई उच्च प्राथमिकता राख्ने । रोगप्रतिरोधी शक्ति बढाउने खालका खाना खान अफर गर्ने ।

अहिलेको समयमा मानिसहरु नघुमिकन बस्न सक्दैनन् । आजको यो असामान्य परिस्थित सामान्य बन्नासाथ मान्छे घुुम्न थाल्छन् । तर व्यवसायी र सरकारको साझा सहकार्य भए सोचेभन्दा चाडो हामी माथि उठ्न सक्छौँ । र हाम्रो पर्यटनको गिर्दो शाख समेत चाडै उठ्न सक्छ ।

(भुुसाल प्रदेश एकका पर्यटन व्यवसायी हुन् ।)

तपाईको प्रतिक्रिया