धनकुटा । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी मा कोरोना भाईरस संक्रमण देखिए लगतै संक्रमण फैलिन नदिन अस्पताल क्षेत्र सिल गरि सबै सेवा बन्द गरिएको थियो ।
औषधी उपचार लगायत अन्य अत्यावाश्यक समाग्रीहरुको अति आवश्यक भएकोले कर्मचारी आवास गृहमा सिल कायम राख्दै अस्पताल र आसपासको क्षेत्रको सिल खोलिएको प्रशासनले जनाएको छ ।
स्वास्थ्य कर्मी संक्रमित भए लगतै जिल्ला विपद ब्यावस्थापन समिति जिल्ला क्राइसिस म्यानेजमेन्ट कमिटीले सिल गरेको अस्पताललाई अस्पताल परिसरलाई खुल्ला गरि कर्मचारी आवास गृहलाई मात्र सिल गरि अस्पतालबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरीय सिसि एम सि का संयोजक एवम् जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षमा बसेको बैठकले अस्पतालमा गरिएको सिल खोलि आवासमा मात्र सिल गरेर अस्पतालका केहि सेवाहरु सुचारु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रवक्ता जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
उत्त निर्णय बमोजिम प्रदेश मन्त्रालयबाट विज्ञ टोलि आइसकोले जिल्ला विपद ब्यावस्थापन समिति जिल्ला क्राइसिस म्यानेजमेन्ट कमिटीले जिल्ला अस्पतालको सिल खोलि अस्पताललाई स्यानीटाईज गरि सेवा सुचारु गरेको र भाईरस संक्रमण कसरी भयो यो विषय भने अन्यौल रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि गुरागाई बताउनु हुन्छ।
प्रदेश नम्वर एकमा रहेका चौध जिल्लामा कोभिड नियन्त्रणका गतिबिधिहरुलाई धनकुटामा रहेको स्वास्थ्य मन्त्रालय मार्फत सामाजिक विकास मन्त्रालय सँग निकट रहेर कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य निर्देशानालय धनकुटाले विभिन्न गतीविधिहरु गरिरहेको छ ।
प्रदेश नम्वर एकको सातवटा जिल्लामा हाल कोरोना संक्रमण देखिएको छ । जसमा उदयपुरको भुल्के भन्ने ठाउँमा बढि मात्रामा संक्रमित देखिएको छ भने झापा पनि संक्रमण देखिएको छ । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्य कर्मीमा नै संक्रमण देखिएकाले जिल्ला अस्पताल धनकुटामा विगत जेठ पाँच गते देखि सबै सेवा बन्द गरि अस्पताल सिल गएिको थियो । अस्पतालका सेवा मध्येका एमरजेन्सि र प्रसुती सेवा मात्र हाललाई सञ्चालन गरिरहेको प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटाका स्वास्थ्य निर्देशक चन्द्र देव मेहता बताउनु हुन्छ।
उहाँका अनुसार धरान घोपा क्यामबाट तीनजना चिकित्सक, चारजना नर्सिङ्ग कर्मचारी ल्याई सेवा दिइरहेको र गाउँपालिका भित्रकै एसविए तालिम प्राप्त नर्सिङ्ग कर्मचारी ल्याउने, यसैगरि कार्यालय सहयोगि आवश्यक भएकाले तेह्थुम, भोजपुर, संखुवासभालगायतका अस्पतालबाट ल्याउने तयारी भईरहेको छ ।
धनकुटाबाट हालसम्म १९७ जनाको पिसिआर परिक्षण गरिएकोमा १८० जनाको रिर्पोट आएको छ जसमा सात जनाको रिर्पोट पोजेटीभ आएको छ भने बाँकी १७३ जनाको रिर्पोट नेगेटीभ आएको छ । १७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा टायम कार्ड लागु गर्दै खाद्यान्न, तरकारी र निर्माण समाग्रीहरुको पसल विहान ६ बजे देखी विहान ९ बजे सम्म मात्र विक्रि वितरणका लागि खुल्ला गरिएको छ । यो समयमा घर घर मै गएर तरकारी बिक्रि बितरण गरिरहेको देखिन्छ ।
जोखिम कम गर्न धनकुटा नगरपालिकाले सडक आसपास रहेका बैंक, सरकारी तथा अन्य कार्यालय, चौतारालगायतका स्थानहरुमा भाईरस बिरुद्धको औषधी छिट्ने गरिरहेको छ ।
धनकुटा जिल्लामा धनकुटा अस्पतालका चार जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मीको आफन्तलाई गरी जम्मा ७ जनामा कोरोना भाईरस देखिसकिएकाले संक्रमणलाई बढ्न नदिन अझ कडाई गरि सुरक्षा अपनाईएको हो ।

तपाईको प्रतिक्रिया