धनकुटा  । नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा देखिए लगतै आसपासका क्षेत्रहरु सिल गरिएको थियो ।
जिल्ला अस्पतालका चारजना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारमा कोभिड १९ को संक्रमण देखिए लगतै संक्रमण फैलन सक्ने खतरा बढेकाले अस्पताल आसपासका क्षेत्रहरु सिल गरिएको थियो ।
उक्त सिल गरिएको क्षेत्र शुक्रबारबाट खोलिएकाले जिल्लाबासिहरुको आगमनलाई मध्यनजर गर्दै आवात जावतमा शहज र संक्रमण रोकथाम तथा न्युनिकरण होस भन्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले सडक निर्मलीकरण अभियान सञ्चालन गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटा, सम्बन्धित वडा कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला अस्प्ताल धनकुटालगायत सरोकारवालाहरुको फोन मार्फत अनुमती लिएर क्लोरिन ०२ प्रतिशतको मात्रा मिलाएर छर्किने अभियान सञ्चालन गरेको जनाएको छ ।
रेडक्रसले के गर्न सक्छ र यस्तै सानो तिनो काम त गर्ने हो नि भन्दै अभिया अन्र्तगत आफ्नो कार्यालय देखि धनकुटा नगरपालिका स्थित परिचय मोड, अस्पताल मोड हुँदै मदन चौक, बसपार्क, त्रिवेणी स्कुल, नर्बदेश्वर मन्दिर, याक्चानाघाट जाने चोक सम्मको सडकमा हाते पम्प मार्फत निर्मलीकरण गरेको नेरेसो जिल्ला शाखा धनकुटाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका शाखा कोषाध्यक्ष मुकुन्द भण्डारीको नेतृत्वमा शुरु गरिएको सडक निर्मलीकरण अभियानमा रेडक्रस शाखा र उपशाखाका स्वयंसेवक एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभियानलाई सार्थक बनाउन रेडक्रसकर्मी र सुरक्षाको प्रबन्ध मिलाउन सुरक्षाकर्मीहरुको भुमिका महत्वपुर्ण रहेको थियो ।
अभियानलाई आवश्यकता अनुसार निरन्तरता दिईने रेडक्रसले जनाईएको छ ।

तपाईको प्रतिक्रिया