धनकुटा । जिल्लामा कोरोना भाईरस संक्रमित दिन प्रतिदिन बढ्दै गएपछि धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ ।
यसै क्रममा उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा बेञ्च र जिल्ला अदालत धनकुटालाई सुरक्षित तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
धनकुटामा कोरोना भाईरस फैलन नदिई नियन्त्रण गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघले न्यायलयमा न्यायका लागी नागरिकहरु आउने भएकाले उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा बेञ्च र धनकुटा जिल्ला अदालतलाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु प्रदान गरेको हो ।
उच्च अदालत विराटनगर धनकुटा बेञ्चका मुख्य न्यायाधीश निता दिक्षित गौतमको उपस्थितिमा धनकुटा बेञ्चका रजिष्ट्रार शम्भु प्रसाद बराललाई धनकुटा बेञ्चका लागी र धनकुटा जिल्ला अदालतका स्रेष्तेदार तथा शाखा अधिकृत राजन बास्तोलालाई धनकुटा जिल्ला अदालतका लागी स्वास्थ्य तथा सुरक्षित सामग्री संंघका अध्यक्ष विजय सन्तोषी राइलगाएको टोलिले हस्तान्तरण गर्नु भएको छ ।
संघले उच्च अदालत विराटनगर धनकुटा बेञ्चलाई दुई थान पि पि ई, हेण्ड वास, पञ्जा, सेनिटाईजर, मास्क, हात धुनका लागी पानी राख्ने धारा सहितको बालटिन र धनकुटा जिल्ला अदालतलाई सेनिटाईजर, मास्क, हेण्ड वास, पञ्जा, हात धुनका लागी धारा सहितको पानी राख्ने बालटिन प्रदान गरेको संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

तपाईको प्रतिक्रिया