उदयरपुर । उदयरपुर कटारी निवासी युवा व्यवसायी प्रयास कार्कीले उदयपुरका ५५ जना पत्रकारको कोरोना विमा गरि दिनु भएको छ ।
प्रदेश नम्बर १ मा कोरोनाको केन्द्र विन्दु मानिएको उदयपुरमा फ्रण्ट लाईनमा रहेर काम गर्ने प्रेस संगठनका ३४ र प्रेस युनियनका १७ जना गरी ५५ जनाको कोरोना विमा गराउनु भएको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सँगै फ्रण्टलाईनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनीहरुको जीवनरक्षाका लागि आफुले यहाँका पत्रकारहरुको विमा गरेको युवा व्यवसायी कार्कीले बताउनु भयो ।
उनीहरुको आईएमई जनरल ईन्सुरेन्स कम्पनी प्रदेश १ ईटहरी कार्यालय मार्फत विमा गरिएको व्यवसायी कार्कीले बताउनु भयो ।
उहाँका अनुसार फ्रण्टलाईनमा रहेर काम गर्ने सिलसिलामा विमा गरिएका पत्रकारहरुलाई कोरोना पोजेटिव देखिए पोजेटिभ देखिएको १४ दिन भित्र १ लाख रुपैया उपलब्ध गराईने छ ।
पत्रकारहरुको सुरक्षाको लागि विमा गरि दिने व्यवसायी कार्कीलाई जिल्लामा क्रियाशिल पत्रकारहरुले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया