कटारी । नेपाली काँग्रेस ताप्ली गाउँपालिका समन्वय समितिले २ हजार ६ सय २५ केजी चामल गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
शुक्रवार गाउँपालिकामा एक कार्यक्रम गरी नेपाली काग्रेस ताप्ली समन्वय समितिका सभापति दिप कुमार राष्कोटीले गाउँपालिकालाई सो परिणाम बराबरको चामल हस्तान्तरण गर्नु भएको नेपाली काँग्रेस ताप्लीले जनाएको छ ।
        कोरोना भाईरसका कारण निरन्तर भएको लकडाउनले गर्दा नागरीकको जिवन अत्यन्तै कष्टकर भएको भन्दै उनीहरुलाई भोकमरीबाट बचाउन नेपाली काँग्रेसले आफ्ना साँसद, नेता तथा कार्यकर्ताबाट चामल संकलन गरी गाउँपालिकालाई हस्तान्तरण गरेको सभापति राष्कोटीले बताउनु भयो ।
         “नागरीकलाई भोकमरीबाट बचाउन स्थानीय सरकारले प्रभावकारी कदम चालेको छ तर त्यो पर्याप्त भएन त्यसैले हामीले पनि आफ्ना साँसद, नेता तथा कार्यकर्ता र विभिन्न संघसंस्थाबाट राहत संकलन गरेर गाउँपालिकालाई हस्तान्तरण गरेका हौं,” सभापति राष्कोटीले भन्नु भयो । सभापति राष्कोटीका अनुसार ताप्लीमा ९० प्रतिशत नागरीक दैनिक ज्यालामदुरी गरी खाने छन् ।
      लक डाउनका कारण उनीहरुको दैनिकी दयनिय भै सकेको छ ।
   गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरि सकेको भए पनि सो सकिएको र पुनः राहत वितरण गर्नु पर्ने आवश्यकता छ ।
यस्तो विषम परिस्थितीमा नागरीकको सुरक्षामा काँग्रेसले दायित्वबोध गर्दै राहत संकलन गरी हस्तान्तरण गरिएको हो ।
   ताप्ली काँग्रेसले गाउँपालिकालाई २ हजार ६ सय २५ केजी चामल, चामल ढुवानीका लागि नगद १३ हजार रुपैया हस्तान्तरण गरेको छ ।
ताप्ली काँग्रेसलेको आग्रहमा उदयपुर क्षेत्र नम्बर १ का साँसद डा.नारायण खड्काले समेत ५००केजी चामल सहयोग गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया