मोरङको रतुावमाई नगरपालिका २ मा शुक्रबार फेरि एक जना कोरोना संक्रमित पुष्टि भएको छ । उनी ४१ वर्षिय पुरुष रहेका छन् । उनी भारतको गुजरातबाट गत जेठ ७ गते रतुवामाई आएका थिए ।
यसअघि वडा नम्बर १ मा एक जना युवकमा कोरोना पुष्टि भएको थियो । यसअघि वडा नम्बर १ को सोनापुर गाउँमा एक जनालाई कोरोना संक्रमण देखिएपछि सो क्षेत्रलाई सिल गरिएको छ । रतुवामाईमा कोरोना संक्रमित बढ्न थालेपछि नगरपालिकाले सिमामा म्यादी प्रहरी राख्ने निर्णय गरिसकेको छ ।
यस अघि मोरङ्को बिराटनगरमा २ जना र पथरी शनिस्चरे नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएका सस्त्र प्रहरिका हवल्दार हाल सुनसरीमा कार्यरत एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यो सगै मोरङ्मा कोरोना सङ्क्रमितको संख्या ५ पुगेको छ । सङ्क्रमित मध्ये ४ पुरुष र १ महिला रहेका छ्न ।

तपाईको प्रतिक्रिया