धनकुटा । विश्व महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट अव धनकुटा पनि अक्षुतो छैन । जसले गर्दा जिल्ला उच्च जोखिममा रहेको छ ।
यस जोखिमलाई केहिहद सम्म सामना गर्न शहज होस भन्ने उद्धेश्यले संघिय सांसद माननीय राजेन्द्र कुमार राईको पहलमा स्वास्थ्य कार्यालय धनकुटामा ६ लाख बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
जिल्लामा कोरोना भाईरसको संक्रमण बढेसंगै चासो र चिन्तालाई सम्बोधन गर्ने उद्धश्यले संक्रमणको रोकथाम र उपचारको लागि माननिय राईले स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु भएको हो ।
धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण भेटिन थालेपछि त्रास फैलिएको छ भने सक्रमितको संख्या बढेपछि स्वास्थ्य सामाग्रीको अभाव भएको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनकुटामा कोरोना संक्रमण बढ्दै गएपछि संघिय सांसद राईको पहलमा जिल्लामा भएको अभावलाई मध्यनजर गर्दै उपचारमा शहज होस भन्ने उद्धेश्यले सांसद राईले भिटिएम (प्याकिङ मेटेरियलसहित) ५ सय सेट, गाउन ५० थान, फेस सिल्ड १० पिस, एन ९५ माक्स १ सय थान, सर्जिकल क्याप ५० थान, माक्स सर्जिकल २ सय थान, पञ्जा २ सय जोर, सेफ्टी चस्मा ४० थान, सु कभर ५० जोर र डिजिटल थर्माेमिटर १० थानलगायतका स्वास्थ्य सामाग्री जिल्ला पठाउनु भएको हो ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मि र सुरक्षाकर्मीलाई नै कोरोना संक्रमण भेटिएपछि धनकुटा अस्पताल पुग्ने जतिले पिसीआर टेष्ट गराउन सांसद राईले आग्रह गर्नु भएको छ ।
सांसद राईले सम्भावित व्यक्ति र काठमाडौंबाट धनकुटा गएका सबैलाई पिसीआर प्रविधीबाट कोरोना संक्रमण परिक्षण गर्ने तयारी भइरहेकोले केही दिनभित्रै सबैको जाँच गरिने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया