धनकुटा । विश्व भरी संन्त्रास छाएको कोभिड १९ कोरोना भाईरसको प्रभावमा धनकुटा जिल्ला नि नराम्रोसंग फसेकोछ १ धनकुटा जिल्लाको धनकुटा अस्पतालका महिला चिकित्सकमा पहिलो कोभिड१९ को संक्रमित भेटिए पछि अस्पतालमा रहेका अन्य चिकित्सक र उनीहरुको नजिकका आफन्त र उपचारमा आएका बिरामीहरुको मिति २०७७ जेठ ५ गते स्वाव लिईएकोमा ६ गते आएको रिपोर्ट अनुसार १ महिला र ४ गरि जम्मा ५ जनामा संक्रमित देखिएको हो ।
उनीहरुको उपचार लागि बिराटनगरमा रहेको कोभिड१९ संक्रमितलाई उपचार गर्न बनेको विशेष कोशी अस्पतालमा धनकुटाबाट लान सबै एम्बुलेन्सहरुले आनाकानी रहेकोमा नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाका सभापति हरिकुमार राईले रेडक्रस कै एम्बुलेन्समा स्वयम् आफैले नेतृत्व गरि मिति २०७७जेठ ७ गते १ महिला सहित ५ जना कोभिड१९ संक्रमितहरुलाई एम्बुलेन्समा राखी सकुशल कोशी अस्पतालमा पुराएर बिरामी हस्तान्तरण गरेका थिए । सभापति राईले उक्त एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरेको समेत जनाएका छ्न ।

तपाईको प्रतिक्रिया