धनकुटा। धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले दैनिक उपभोग्य वस्तुलगायतका समाग्रीहरु जिल्ला अपस्ताल धनकुटालाई सहयोग स्परुप हस्तान्तरण गर्नुभएको छ ।
विश्वभर फैलिएको नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण धनकुटामा फैलिए संगैै जिल्ला अस्पताल धनकुटा आसपास बजार क्षेत्र शिल गरिएको छ ।
चार दिन अघि देखी लगातार गरिएको बजार शिलका कारण धनकुटा अस्पताल वरिपरीका सम्पूर्ण पसलहरु बन्द रहेका छन् ।
पसल बन्द रहेका कारण अस्पतालमा रहेका विरामी, विरामी कुरुवालगायतलाई दैनिक उपभोग्य सामाग्रीको अभाव भई समस्या भएकाले खाद्यान्न, तरकारीलगायतका दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको दैनिक उपभोग्य बस्तुहरुमा चामल, तेल, नुन ,दाल, चना, विस्कुट, आलु, अदुवा, बेसार, कागती,लगायतका तरकारीहरुका साथमा प्लेटहरु पनि हस्तान्तरण गरिएको पुर्व अध्यक्ष सुनिल डंगोलले जानकारी दिनुभयो ।
सोहि अवसरमा बोल्नु हुदै धनकुटा अस्पतालका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, विरामी तथा विरामीका कुरुवाहरुलाई कुनै पनि समस्या परेमा जस्तोसुकै थप सहयोग गर्न तयार रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
जिल्लामा अहिले सम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुसहित, सुरक्षाकर्मी र अन्य गरी जम्मा ७ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया