पाँचथर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ का ३९ बर्षीय अमृत प्रसाद राईको बाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मंगलवार दिउँसो करिव ३ बजेको समयमा घर नजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा अचानक बाँस झ्याङबाट करिव १५/२० मिटर तल लड्दा राईको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयले जानकारी दिएसंगै ईलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका पुरा गरी घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया