सुनसरी,सुनसरीको हरिनगरा गाउँपालिका-२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ । मंगलवार दिऊँसो साँढे १ बजेको समयमा हरिनगरा-६ घुस्कि बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट खाद तथा चामल झार्ने क्रममा अचानक ट्रकबाट लडेर घाईते भएका गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया