धनुषा । नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शनिबार धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ भने कोरोनाको कारण म्रियु हुनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया