धनकुटा   । अहिले बिश्वभर फैलिएको भाईरस संक्रमणबाट देश आक्रान्त बनेको छ । यस समयमा गरिएको लकडाउनका कारण स्थानीयहरु मारमा परेका छन् ।
दैनिक ज्यालादारी, गरेर खाने, असहायलगायतका स्थानीयहरुलाई भने लकडाउनका कारण हातमुख जोड्न समेत समस्या भएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै शहिदभुमि गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएर राहात वितरण गर्दै आएको छ ।
शहिदभुमि गाउँपालिकामा विभिन्न संघ संस्था, ब्याक्ति र स्थानीय तहका कर्मचारीहरुबाट स्थानीय प्रकोप ब्यावस्थापन कोषमा जिन्सि सहित नगद सहयोग संकलन जारी रहेको छ ।
नोबल कोरोना भाईरस कोभिड १९ को संक्रमणको रोकथामकालागि गाउँपालिकाले तयार गरेको स्थानीय प्रकोप ब्यावस्थापन कोषमा पुन राहात वितरणकालागि सिटिजन ईन्टरनेश्नल बैंकले २५ हजारको चेक हस्तान्तरण गरेको छ ।
यसैगरी शहिदभुमि गाउँपालिकामा रहनु भएका कर्मचारीहरुले आफ्नो मासिक तलब बापतको प्रत्येक कर्मचारीले तीन दिन बराबरको एकलाख ९ हजार ४२१ रुपैयाँ ६१ पैसा र तीन हजार चारसय ८२ रुपैयाँ ८० पैसा रकम सहयोगकालागि चेक हस्तान्तरण गर्नुभएको छ ।
यसका अलवा जिवन बिकास बैङ्ग हिले, हिलेका उद्योगि ब्यावसायि सिताराम श्रेष्ठले पाँचसय केजि नुनका साथै अन्य संघ संस्थाले नगद जिन्सि उपलब्ध गराएर सहयोग गर्नु भएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।
स्थानीय तहको आफ्नै बजेटबाट प्रत्येक वडामा तीन लाख पठाएर पनि राहात वितरण गरिरहेको र स्थानीय तहमा उपलब्ध भएको राहात सहयोगले भाईरस संक्रमणबाट बच्न र बचाउन केहि हदसम्म राहात पुग्ने अध्यक्षले बताउनु भयो ।
श्हिदभुमि गाउँपालिका वडा नम्वर ६ मा क्वारेन्टाईन स्थापना गरिएको छ । सबैको सहयोगले कोभिड रोग नियन्त्रण र रोकथाम गर्न सहज भएकोले सहयोगि हातहरुलाई स्वागत गर्दै आगामि दिनमा सहयोगि संघ संस्था र ब्याक्तिहरुलाई सम्मान पत्रले सम्मान गर्ने योजना समेत रहेको चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राईले बताउनु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई, स्थानीय तह र बैङ्गका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया