धनकुटा । धनकुटा उद्योग बाणिज्य संघ र साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ५ का जनप्रतिनिधिसंग भेटघाट गरी कोरोना भाईरस विरुद्ध सञ्चालन भैरहेको अभियानको बारेमा छलफल सम्पन्न भएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पलक वहादुर बस्नेतसंग छलफलका क्रममा बजारको अवस्था र कोरोनाभाईरस फैलन नदिई नियन्त्रण गर्न भैरहेको प्रयासको बारेमा परार्मश गरेको जनाईएको छ । सो अवसरमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन उद्योग बाणिज्य संघले सहज आपुर्तीका लागी सहजीकरण गर्ने वडाध्यक्ष पलक वहादुर बस्नेत संग संघले प्रतिबद्दता जनाउदै वडा कार्यालयका लागी मास्क, सेनिटाईजर र पञ्जा समेत प्रदान गरेको छ ।
संघले एवाई कन्ट्रक्सन धनकुटाले निर्माण गरिरहेको डाँडाबजार याक्चना सडकको मजदुरहरुलाई मास्क र सेनिटाईजर वितरण गर्दै सामाजिक दुरी निर्धारण गरेर मात्र निर्माण कार्य गर्न अनुरोध गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया