मोरगं । नेपालमा पहिलो पल्ट नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता नेपालमा पहिलो पल्ट नेपाली फिल्म फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक,निर्माता,निर्देशक भिम लामाले शुरु गरे,नेपालको फिल्मी क्षेत्रमै यो अहिलेसम्मकै नौलो र पहिलो प्रयोग हो ,बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको सा लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला ‘भन्ने गीत लाई टिकटकमा भाइरल बनाइसक्नु भएकोछ , अहिले उहाँले यहि गीतमा टिकटक प्रतियोगिता राख्नु भएको छ,कम्तीमा एकहजार जनाको प्रतिस्पर्धीहरु बाट टप 50 छान्ने , त्यस बाट फेरि टप 20 जना छान्ने , टप 20 बाट फेरि टप 10 छान्ने अनि टप 10 बाट एकजना उत्कृष्ट टप 1 छानिनेछ , टप 1 हुने बिजयी प्रतियोगिले नगद रु,११,१११/- र प्रमाणपत्र सहित भिम लामा ले बनाउनु हुने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिनुहुनेछ, प्रतियोगिताको नियम पेजलाई अनिवार्य लाइक, कमेन्ट र सेयर गर्नुपर्ने छ,प्रतियोगीहरुको छनौट उहाँहरुको भिडियोले पाएको धेरै लाइक,कमेन्ट र भ्युवर्सको आधारमा गरिनेछ, इच्छुक टिकटक प्रेमीहरुलाई छिटो भन्दा छिटो यस गीतमा टिकटक बनाई भिडियोहरु, deeplove kulung को पेजमा र भीम लामाको सिधै मेसेन्जरमा पनि यहाँहरुले पठाउन सक्नु हुनेछ।
लामाले दर्शकको भावनालाई कदर गर्दै यो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा स्वच्छ र इमान्दारी हुने भोलि बिवाद नहोस भनेर नै हामिले सबै प्रतिस्पर्धीहरुको मुल्यांकन गर्ने,छान्ने जिम्मा लाइक,कमेन्ट र सेयर गर्नुहुने दर्शकहरुलाई दिएको बताएका छन् ।
साच्चै भन्नू पर्दा लेखक, निर्माता साथै निर्देशक भिम लामाको यो आइडियालाई मान्नै पर्छ।
एउटा तिर ले दुइटा सिकार गर्दै,यसरी tiktok मा अभिनय गर्ने लाई नगद रुपैया र कलाकार बन्ने अवसर दिँदै लकडउन खुलेपछि रिलिज गर्ने आफ्नो नया चलचित्र फेक फ्रेण्डको प्रमोसन पनि मज्जाले गर्नु हुदैछ , लामाले लकडाउनको भरपुर सदुपयोग गर्नु र गराउनु भएको छ भने कलाकार बन्न चाहने र पुरस्कार जित्न चाहने टिकटक प्रेमिहरुलाई, टिकटक को वालमा भाइरल भैरहेको यो गीतको गीतकार दिप्लभ कुलुङ हुन् भने दिप्सन आङ्बो लिम्बुको संगीतमा चर्चित गायिका दिपा लामा र गायक दिप्सन आङ्बो लिम्बुको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया