काठमाडौं । नेपालका हालसम्म ६६ हजार ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पिसिआर विधिबार १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ जना गरी ६६ हजार ७७ जनाको कोराना परीक्षण भएको हो ।

मंगलबार नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ वर्षीया बालिकासहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म प्रदेश नम्बर १ मा सबैभन्दा बढी ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ जार ९ सय ४० र गण्डकी प्रदेशमा ६ हजार ७४ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको परीक्षण भएको उहाँले बताउनुभयो ।

हाल क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय १८ गरी १ सय २० जना क्वारेन्टाइनमा रहेका छन् । कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पिसिआर परीक्षण शुरु भएको छ । योसँगै नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण शुरु भएको छ ।

तपाईको प्रतिक्रिया