अहिले कोरोना महामारीमा हाम्रो देशमा सत्तामा लुछाचुडी चल्दैछ। संसार आक्रन्त छ कसरी यो रोगसङ लड्ने भनी । बिश्वका शक्ति रास्ट्रहरु लडदैछ्न कसरी यो महामारीबाट जनतालाई मुक्त गराउने भनेर। कोरानामहामारीको अन्त्य कहिले हुन्छ त्यस्को अन्त्य पछि बिश्व मा अर्थतन्त्रले कुन बाटो लिने हो त्यसको कुनै ठेगान छैन ।
फेरि बिश्वभरी श्रम गर्न गएका हाम्रो देश को नागरिकले भित्राएको रेमिटेन्स बाट मुलुकको गाडी दौडिरहेको छ । अहिले बिश्वभरी नेपालीहरु यो महामारीको चेपुवामा परेका छ्न । यो महामारीले गर्दा बिश्व श्रम बजारमा रोजगारी घट्दो क्रममा छ । त्यस्तै कयौं नेपाली भारत को सिमानामा अलपत्र परि रहेका छ्न ,मुलुक भित्र नै नागरिक भोकभोकै आफ्नो घर तिर दौडिरहेको छ्न।
जनता पुरै सकसमा छ्न, स्वास्थकर्मी ,सुरक्षा निकाय ,सफाइ कर्मचारी आदि यो महामारी मा ज्यानको बाजि राखेर सेवा दिई रहेकाछ्न ।
कोरोना ले भबिस्यमा आउने आर्थिक बिचलनले

                      मिलन लम्साल(बिराटनगर )

आम नागरिकको दैनिकीमा हुने परिबर्तनको मुल्यांकन भयावह हुने छदैछ ।

त्यस माथी बिश्व श्रम बजार मा घटदो रोजगारी बाट नेपालको अर्थतन्त्रमा पर्ने नकारात्मक असरको हिसाब अहिले सम्म हुन सकेको छैन । यस्तो जटिल परिस्थिति छ ,मुलुकमा जनता घरमा बन्दाबन्दी मा छ्न । सयौं रोजगारी गुम्दैछ ,आर्थिक अवस्थामा ठूलो धक्का लाग्दैछ ।
यस्तो बेला पनि सत्ता का खेलाडीहरु सरकार परिबर्तन तिर लागेका छ्न ,एक अर्का बिच आरोप प्रत्यारोपमा लागेका छन।
अहिलेको अवस्था हेर्दा राजनीति दल होइन ,अंस मुद्दा परेको परिवारको घर जस्तो देखिएका छ्न ।हरेक राजनीतिक परिवर्तनको प्रयोगशाला नै होकि जस्तो भान हुन्छ ।बहुमत ,अल्पमत ,दुई तिहाई बहुमत , ,प्रजातन्त्र ,गणतन्त्र सबै राजनितीका लागि ब्यापार हो भनी आम जनता को बुझाइ छ ।
त्यसैले सरकार परिवर्तन खेलमा आम जनता अनभिज्ञ बन्नु पर्ने छ। किनकी भै रहेका नेतृत्व बाट आसै मारेको हामी जनताले नंया नेतृत्व पनि नया बोतल मा पुरानो रक्सी भन्दा फरक हुने छैन। नयाँ नेतृत्व आए पनि सामान्यं ब्यपारीको ब्यापार मा सहुलियत हुने छ,एलानी जग्गाको संरक्षण हुने छ ,खोलाको दोहन पनि रोकिने छ,नजिकैको सरकारी स्वास्थ सेवामा आमूल परिबर्तन हुनेछ , सामुदायिक स्कुल को स्तर उन्नति भएर आम जनता ले सुबिधा पाउनेछ्न ,किसानले सहज ढङ्गले मलखाद पाउने छ्न ,सरकारी निकाय मा जनता को सेवा सरलीकरण हुनेछ , साथै पैसा र पावर को अस्तित्व निमिट्यानै हुनेछ आदि आदि भन्नेमा बिश्वास गर्ने आधार अत्यन्त कम छ।
सत्तामा हिजो जो हाबी थियो तिनै समूह,गुट सत्ता वरिपरि घुम्नेछन।कुनै दृश्य यस्तो देखिदैन सरकार परिबर्तन भए पनि जनताले न्याय पाउनेछ्न । मुलुकमा लुट्तन्त्र चलेको ले पुरानो समूह हटि , नयाँ समूहले लुट्तन्त्र अन्त्य गर्लान् भनी बिश्वास गर्न सकिने आधार पनि देखिन्न । आज सम्म पनि कुनै दलका राजनीति नेतृत्वले आत्मसमिक्षा नै गरेका छैनन र भबिस्यमा गर्नेछ्न ?
प्रधानमन्त्री हटाउन खोज्नेले अबका दिन यो महामारीलाई कसरी पार लाउने भनी कुनै दृस्ठिकोण दिएको पनि देखिन्न ।नयाँ आउने नेतृत्वले व्यबहार परिबर्तन ,बोलीमा परिबर्तन ,शासकीय शैलीमा परिबर्तन गर्लान् भन्ने आशा पनि देखिन्न ।जुनसुकै नेतृत्व आए पनी जुनसुकै परिबर्तन भए पनि नयाँ समस्या थपिने मात्र हो ,समाधानको कुनै स्थान रहने छैन ।
त्यसैले यति मात्र आसा गरौं एक दिन यो देश चलाउन नायकको जन्म हुनेछ .

तपाईको प्रतिक्रिया