इटहरी । लकडाउन उलंघन गरेको भन्दै प्रहरीले धरानमा एक स्वास्थ्यकर्मी माथी  पाइप बर्साएपछि अहिले स्वास्थ्यकर्मिहरू नै आक्रोशित बनेका छन । लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत स्वास्थ्य कर्मी चन्द्रप्रकाश खनाललाई पाइपले कुटपिट गरेको थीयो ।

सोहि कुटपिटको बिरोधमा हेल्थ असिस्टेन्ट नेपालले बिहीबार एक बिज्ञप्ति जारी गर्दै घटना प्रती घोर भत्सर्ना गरेको छ । कोरोना भाइरसको महामारीको बेला आफ्नो ज्यान जोखिममा पारी ड्युटी गरिरहेका स्वास्थ्यकर्मी माथी परिचय पत्र देखाउदा पनि निर्घाट कुटपिट गर्ने धरान २० पानवारी प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउत माथी यथाशिघ्र कार्वाहि गर्न उक्त संघले जोडदार माग गरेको छ ।

संघका अध्यक्ष राम कुमार धमलाले हस्ताक्षर गरेको उक्त बिज्ञप्तीमा लकडाउनको समयमा बिरामिको स्वास्थ्यलाइ मध्यनजर गरि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूको आवतजावतमा कुनै रोक नलगाउन नेपाल सरकारलाइ माग गरिएको छ ।

तपाईको प्रतिक्रिया