इटहरी । कोरोना भाइरस नफैलियोस भनेर सतर्कता अपनाउदै लगाइएको लकडाउनको समय खटिने सुरक्षाकर्मी तथा कर्मचारीहरुको परिवारलाई इटहरीमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरले सहुलियतमा खाद्यान्न विक्री वितरण गर्न थालेको छ ।

इटहरी क्षेत्रमा व्यवसायीक साथै सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरले इटहरी उपमहानगरपालिकासंग समन्वय गरी किनवेचका लागि दुरी कायम गरी सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि सामान विक्रीको व्यवस्था मिलाएको हो ।

लकडाउन सुरु भए यता देखि गोरखा डिपार्टमेन्टले उपमहानगरपालिकासंग समन्वय गरी इटहरी क्षेत्रमा वसोवास गर्नेहरुको माग अनुसार दैनिक उपभोग्यवस्तुहरु सबै वडामा घरघरमा पुर्याइ दिने कार्य गर्दै गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले जानकारी दिए । गोरखाले लकडाउनको समय अवधीभर सुरक्षाकर्मी र कर्मचारीहरुलाई दैनिक उपभोग्यवस्तु विशेष छुटका साथ विक्रीको व्यवस्था मिलाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया