सरोज पौडेल धनकुटा /कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन लम्विदै जादा शहरमा कसरी दिन विताउने भन्ने चिन्ता छ । तर धनकुटा का कृषकहरु भने खेतवारीमा व्यस्त भएका छन । कोरोना संक्रमणको जोखिम बढ्न नदिन सरकारले लकडाउन गरेपछि शहरी क्षेत्रका बासिन्दालाई दिन काट्न मुस्किल भएको छ ।तर धनकुटा का ग्रामीण भेगका कृषकहरु भने आवश्यक सावधानी अपनाएर नै कृषीकर्ममा व्यस्त भएको धनकुटा ३ कागते का कमल कार्की बताउँछन् । बाहिरका मानिसहरु संगको आवातजावत लाई बन्देज गर्दै  काम गर्ने क्रम वढेको छ ।विहादेखि बेलुकासम्म खेतिमै तल्लिन हुँदा लकडाउनमा दिन गएको पत्तै नहुने कार्की काे भनाइ  छ । आवश्यक सावधानी अपनाएर कृषि कर्म गरे त्यसले शारिरीक व्यायाम हुने भएकाले फाइदै हुने स्वास्थ्यर्मी बताउछन । धनकुटा का  कृषकले झैं भौतिक दुरी कायम गर्दै सावधानी अपनाएर कृषि कार्यमा जुट्न सके लकडाउनमा दिन काट्न सहज त हुन्छ नै, तरकारी तथा फलफुलको माग समेत पुरा गर्न मद्धत पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया