Covid19 को करणले आज विश्व स्तब्ध छ। अमेरिका, चीन, भारत लगातका मुलुक हरु यो विषम परिस्थी संग लड्नका लागि हरतरह ले कोशिस गरिरहेका छन्। दैनिक जसो संक्रमितको संख्या बढिरहेको छ। मृतक को संख्या बढिरहेको छ।धेरैजसो मूलुकमा lockdown को अवस्था छ।स्कूल कलेज बन्द छन्। उध्योग कलकारखाना बन्द छन्।सपिङ मल बजार यातायात बन्द छ।मानिसको आवतजावत बन्दछ।बजार गल्ली सुनसान छ। मानिसमा डर त्रास व्याप्त छ।घरका मूलढोकामा ताला लगाएको छ।बाटामा कोही हिँड्छन्की भनेर झ्याल बाट चिहाएर हेर्नु पर्छ। घरका ढोकाका ह्यान्डल, कुर्सी, टेबल, झ्यालका पल्ला ,ढोक, आफूले प्रयोग गरेका गाडी, मोटरसाइकल ले आफैलाई कारोना सार्छ भनेर त्रसित पारेको छ।घरमा आफ्नै बाबु,आमा दाजु, भाइ, दिदी सासु, ससुराको आगमन पनि त्रसलाग्दो भएको छ।हाल घरमा जो जती छौं, अरूको उपस्थिति को कामना गर्न कठिन छ।
         के बालक ,के युवा ,के तन्नेरी, के वृद्ध सबैमा बाँच्न पाइन्छ की पाइँदैन भन्ने मात्र छ। lockdown भन्दा पहिले जोहो गरियो दाल, चामल , नुन , तेल ,सब्जी रित्तिँदै छ।यो अवस्था कहिले सम्म भन्ने नी टुङ्गो छैन।ग्यास सकियो  ,चिया रंग सकियो, चीनी सकियो, ग्रीन टी सकियो।साना बालबच्चाको लागि ल्याएको बिस्कुट सकियो, चिउरा सकियो, भुजा सकियो, सुजी सकियो।खास गरी यस्तो अवस्थामा युवा, तन्नेरी, वृद्धा समेतले परिस्थितिको गाम्भीर्यता लागि महसुस गर्न सक्नु स्वाभाविक भयता  पनि वालवाच्चा का लागि भने बुझाउन निकै कठिन भएको महसुस हुन्छ।एकातिर कोरोनको कारणले उनीहरूमा पारेको मनवैज्ञानिक त्रास अर्कोतिर आवश्यकीय वस्तुको अभावले उनीहरूमा जीवन प्रति एउटा नकारात्मकता उत्पन्न गर्न सक्छ।त्यस्तो अवस्थामा अभिभावक को जिम्मेवारी समेत बढ्न गएको छ।यस्तो विषम परिस्थितिमा आफ्ना बालबच्चाको सही ढंगले बाल मनोविज्ञानमा असर नपर्ने गरी कसरी रेखदेख गर्न सकिन्छ त्यसको बारेमा चर्चा गर्ने प्रयत्न गरेको छु।
       शिक्षाको विकासको कुरा गर्दा पित्रीकुलबाट यसको सुरुआत भएको मानिन्छ।प्रारम्भमा आफ्नै घरमा बाबुले छोरालाई पेसा र व्यवसायको ज्ञान दिने र आमाले छोरीलाई घरायसी कार्यको बारेमा सिकाउँदै जाँदा शिक्षा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा यसको विकासक्रम पनि अगाडि बढ्दै गएको देखिन्छ।आधुनिक कालमा समेत बालबालिकाको लागि घर नै पहिलो विद्यालय र बाबुआमा पहिलो शिक्षकहरू हुन।बालबालिकाले पहिलो बोली ,आचरण, अनुशासन संस्कार ,नैतिकता ,सामाजिक रहनसहन जस्ता पक्षहरू घरमै सिक्नेगर्दछन्।
        यो अवस्थामाअभिभावकहरू समेत आफ्नो पेशा व्यवसायबाट फुर्सदिलो भएको हुनाले आफ्ना बालबच्चाको लागि प्रेरणाका स्रोत हुन् सक्छन्।खासगरी त्रसित मनोविज्ञान भएका बालबच्चालाई कसरी मनोवैज्ञानिक उपचार गर्ने र उनीहरू संग कसरी समय बिताउने भन्ने बारेमा तलका बुँदाहरूमा व्याख्या गर्ने प्रयत्न गरिएको छ।
[  ] १  .समय तालिका बनाउनहोस्
     आफ्ना बालबच्चलाई तपाईंको महतत्वपूर्ण समय दिनकालागि निस्चित समय तालिका तयार गर्नुहोस्।हरेक दिन एउटै समयमा सो निश्चित कार्य गर्नुहोस् जसले गर्दा कुन समयमा कुन कार्य गर्नुपर्छ भन्ने बारेमा तपाईंको नानीलाई जानकारी होस्।याद राख्नुहोस् एकपटकमा एउटैमात्र कार्य होस्।बालबच्चा संग बसेर गर्ने यस्तो कार्य बढीमा ३० देखि ४५ मिनेटको होस्।यो समयमा फिजिकल distance को बारेमा कुरा गरे  पनि हुन्छ।बालबच्चा संग बसेर गरिने यस्ता कार्यहरू उनीहरूको उमेर अनुसार फरक फरक हुनसक्छन्।जस्तै: पूर्व बाल्यावस्थाका नानीहरू संग गीत गाउने ,कथा भन्ने, नाच्ने ,ब्लक्स मिलाउने ,अनुहारको हाउभाउ नक्कल गर्ने हुनसक्छ भने उत्तर बाल्यावस्थामा रहेका बालबालिका संग स्कूलको कार्यमा सहयोग गर्ने ,गृहकार्यमा सहयोग गर्ने पाठ पढाउने ,संगीत सिकाउने  ,सँगै मिलेर समान्य घरायसी कार्य गर्ने ,चिया बनाउन सिकाउने ,व्यक्तिगत सरसफाइ सिकाउने इत्यादि ।त्यसैगरी युवावस्थाका हरुसंग समसामयिक कुरा गर्ने, योगा  ध्यान गर्ने ।यो बेलामा आफ्नो मोबाइल फोन र टिभि पूर्णरुपमा बन्द हुनु जरुरी छ।
२ सहि तरिकाले हात धुन तरिका सिकाउनु होस्
हात धुने ,खुट्टा धुने ,मुख धुने ,मञ्जन गर्ने, नुहाउने बारेमा नानीहरूलाई सामान्यतया आमाबाबाले सानैदेखि अभ्यस्त गराएका हुन्छन्।तथापि सहितरीकाको प्रयोग भने गरोको पाइँदैन।त्यसैले नानीहरूलाई सात चरणको प्रयोग गरी कम्तीमा २० सेकेन्डसम्म हात कसरी धुने बारेमा सिकाउनु पर्छ।
३। .आफ्नो काम आफैं गर्न सिकाउनु
  विद्यालय समेत विदा भएको समयमा ननीहरुसंग प्रसस्त खाली समय हुन्छ। उनीहरूलाई सो समय काट्न समस्या भइरहेको हुन्छ।यस्तो समयको उपयोग सुन्दर तरिकाबाट गर्न सकिन्छ।उनीहरूको उमेर र शारिरीक स्वास्थको आधारमा उनीहरूका आफ्ना व्यक्तिगत कार्यहरू सिकाउने यो एउटा सुनौलो अवसर पनि हो।आफ्ना लुगा धुने, आइरन गर्ने ,बेड मिलाउने ,किताब मिलाउने ,कोठा सफा गर्ने ,कोठा सजाउने ,बुट पोलिस गर्ने, बटन लगाउने ,भान्सामा थाल बटुका सफा गर्ने, मिलाएर र्याकमा राख्ने ,कोठा सफा गर्ने ,फूलबारीमा पानी हाल्ने जस्ता काममा आफूसँगै लगाउन सकिन्छ।यस्ता कार्यले एकातिर उनीहरूको समय सजिलै काटिन्छ भने अर्को तिर अनावस्यक नकारात्मक सोचाइ बाट मुक्त पनि हुन्छन्।सबै भन्दा ठूलो फाइदा त काम गर्ने बानीको विकास हुन्छ।
४। .आदर्श अभिभावकको भूमिका निर्वाह गर्ने
बालबालिका हरु तपाईं जे भन्नु हुन्छ, त्यो मान्दैनन्, गर्दैनन् तर तपाईं जे गर्नु हुन्छ, त्यो गर्छन्।त्यसैले पहिला आफू आदर्श बन्नुहोस्।आफू सोसियल दिस्तान्स कायम गर्नु होस्।आफू शभ्य बन्नुहोस्।आफू रोल मोडल बन्नु होस्।नानी हरुलाई पढ्न लगायर आफू टिभि हेर्ने  मोबाइल चलाउने नगर्नु होस्।नानीहरूको पढ्ने बेलामा आफू पनि पुस्तक पत्रिका लिएर बस्नु होस्।नानीहरूको अगाडि घर झगडा नगर्नु होस्।अश्लिल शब्द नबोल्नु होस्।सकिन्छ भने कसैको विरोध नगर्नु होस्।
५। .सँगै बसेर खनाखाजा खानुहोस् ।।
तपाईंका परिवारका सदस्य हरु श्रीमती, छोराछोरी, बाबुआमा विगत लामो समय देखि तपाईंको व्यस्तताको कारणले सँगै बसेर खाना खान पाएका छैनन
यो समय लाई सदुपयोग गर्नु होस्।सँगै बसेर खाँदा रुखासुखा पनि रसिलो ,मिठो  र पोषिलो हुन्छ।पारिवारिक वातावरण राम्रो बन्छ।एकअर्कामा माया बढ्छ।ननीबाबुहरु सुरक्षित भएको महसुस गर्छन्।
६। .अवलोकन गर्नुहोस ।
  तपाईंको व्यस्तताको करणले तपाईंका नानीहरूको बानी  व्यहोरा तपाईंलाई जानकारी नहुन सक्छ।यो बेला तपाईं उनीहरूसँगै रहने भएको हुनाले उनीहरूका हरेक क्रियाकलापहरू नजिकबाट हेर्न सक्नु हुन्छ।उनीहरूका नकारात्मक र सकारात्मक सम्बेगहरुको विकासक्रम कस्तो छ।बोली ,भाषा ,शैली ,खानपान खाने समय, खाने तरिका  ,खाने कुराहरू ,भाइबहिनी सँगको सम्बन्ध, दाजु दिदी सँगको सम्बन्ध आदिको बारेमा नजिक बाट अवलोकन गर्न सक्नु हुन्छ।
७। . सँगै बसेर टिभि हेर्नुहोस् रेडियो सुन्नुहोस्
 समय मिलाएर टिभि हेर्ने ,रेडियो सुन्ने पनि सँगै गर्नु होस्।यसबाट नानीहरूलाई तपाईं प्रति सदभाव बढ्नुको साथै उनीहरूमा सुरक्षाको भावना बढ्छ।
८  .पारिवारिक इतिहाँस बताउनु होस।
 तपाईंका बालबालिकाहरुलाई तपाईंको परिवारको विगतको बारेमा बताउनु होस्।उनीहरूका मामा, माइजू, काका ,काकी हजुरबुबा ,हजुरआमा ,मामाली पट्टिका दाजु ,भाई ,दिदी ,बहिनी, घर तिरका आफन्त, नातागोताको ,बारेमा बताउनु होस्।आफ्नो गोत्र बताउनु होस्।सकेसम्म ५ पुस्ता ,नभए ३पुस्ता बताउनु होस्।
१० .परिवारको परम्परा सिकाउनु होस।
तपाईंको परिवारको संस्कार, पूजापाठ ,व्रत, आफ्नो धर्म कर्म इस्ट देवता ,उपवास को बारेमा जानकारी गराउनुहोस्।परिवारमा आफूलाई समस्या परेको बेला सहयोग गर्ने नजिकको आफन्त र तपाईंको नजिकको मित्रको बारेमा बताउनु होस्।
११  .इम्युनीती बढाउने खाना खान सिकाउनु होस्।
१२  कोबिड १९ को चर्चा गर्नुहोस्।
 ननिबाबुहरुको उमेर अनुसार कोरोना भाइरस र यसले पारेको असरको बारेमा खुलेर कुरा गर्नु होस्।उनीहरूमा रहेको यसको डर हटाउनुहोस्।कोरोना लाग्दैमा मारीहलिने होइन ।कैयौ कोरोना पीडित निको भयर घर गएका छन् भनेर जानकारी दिनुहोस्।कोरोना सम्बन्धित सकारात्मक सामग्री हरु अवलोकन गराउनुहोस्।
१३  .तनाव नियन्त्रण गर्न सिकाउनु होस्।
 तनाव नियन्त्रणका विभिन्न उपाय हरु छन्। यहां म एउटा सजिलो तरिका उल्लेख गर्न गइरहेको छु।
1  सबभन्दा पहिला एउटा नरम कार्पेट वा बेडकवर लाई समतल जमीन वा खटियमा मिलाएर ओछ्याउने
2  सो कार्पेट माथि जिउलाई लचिलो बनाई उत्तानो परेर सुत्ने
3 आँखा चिम्लिने
4 लमाओलामो श्वास लिँदै छाड्दै गर्ने
5 श्वास लिँदा लागेको समय र छोडिको समय बराबरी होस् ।ख्याल गर्ने
6 हरेक पटक श्वास लिँदा सकारात्मक उर्जा लिएको र श्वास फाल्दा नकारात्मक उर्जा फालेको महसुस गर्ने
7 शान्त र हलुका भएको महसूस गर्ने
8 श्वास फाल्दा सबै नकारात्मक भावना फालिएको महसुस गर्ने
9 यसरी यो क्रियालाई 15 देखि 20 मिनेट गर्ने ,बिस्तारै आँखा खोल्ने ,केही समय उत्तानै सुत्ने, बिस्तारै कोल्टे फेर्दै उठ्ने।
10 यो प्रक्रिया आफू अनि परिवारका सदस्य लाई गराउने।
अन्त्यमा यो सङ्कटको घडीमा आफू पनि सुरक्षित रहनु होस् र समाजलाई पनि सुरक्षित राख्न सहयोग गर्नु होस्। सामाजिक distance कायम राख्नुहोस्।
Dr Benuprasad Sitaula
Educationalist and psychotherapist

तपाईको प्रतिक्रिया