सुनसरी । कोरोना भाइरसले यतिबेला संसारलाइ नै आतंकित बनाइरहेको छ । संसारलाइ आतंकित बनाएको बेला नेपालमा पनि यस भाइरसको संक्रमण बढ्दै गयको छ । १९ डिसेम्बर २०१९ मा चाइनाको वुहान प्रान्तबाट सुरु भएको यश भाइरसले त्यस पस्चात सिंगो बिश्वलाइ नै आक्रान्त बनाइरहेको छ।

इटहरीका नवगायक सुशील भट्टराईले यश घटनामा आधारीत जनचेतनामूलक गीत युट्युब मार्फत बजारमा सार्बजनिक गरेका छन। गीत मार्फत उनले उक्त भाइरसलाइ तेस्रो बिश्वयुद्द को उपनाम दिएका छन। गीतमा आर्थिक रुपमा सम्पन्न साथै सरकारलाइ पनि सहयोग गर्न आग्रह गरेका छन।

वहाका यस अघि दर्जनौ गीतहरु बजारमा आइसकेका छन भने सम्पुर्ण गीतहरु सामाजिक घटनाक्रम लाई समेटेर पुर्बेली गीत संगीत प्रती योगदान पुर्याउने समेत खालका रहेका छन, उक्त गीतमा शब्द तथा एरेन्ज गायक स्वयं को रहेको छ संगीत रुद्र श्रेष्ठ रहेको छ । यश गीतले सम्पुर्ण श्रोता तथा दर्शक बर्गमा जनचेतना फैलाउन सहयोग गर्ने नवगायक सुशीलले बताए ।

तपाईको प्रतिक्रिया