इटहरी । सुनसरीको इटहरी उपमहानगरले लकडाउन भइरहेको अवस्थालाइ मध्यनजर गर्दै बिपन्न र पिछडिएका समुदायहरूकालागि बनाएको राहतकोषमा अहिले सम्म लाखौ रकम जम्मा भैसकेको छ ।

कोरोना भाइरसको सन्त्रास र यसको प्रकोप फैलिन नदिन सरकारले जारी गरेको लकडाउनलाइ मध्यनजर गर्दै इटहरी क्षेत्रमा रहेका सांसद देखि राज्यमन्त्री हुदै उद्योगपति एवम समाजसेवि र सामाजिक संघसंस्थाहरूले आ आफ्नो तर्फबाट सहयोगिहातहरू अघि बढाएपछि उपमहानगरले स्थापना गरेको इटहरी प्रकोप ब्यवस्थापन कोषमा लाखौ रकम जम्मा हुन थालेको हो ।

इटहरी उपमहानगरकाे राहत काेषलाइ रू ५१ हजारकाे चेक हस्तानतरण गर्दै रिजाल भिजन पार्टि प्यालेसका सञ्चालक सिनेट रिजाल

२५ गते मंगलबार मात्रै बिभिन्न सामाजिक संघसंस्था बिद्यालय राजनैतिक पार्टी लगायतले ८ लाख भन्दा बढी रकमको चेक उपमहानगरको राहत कोषलाइ हस्तानतरण गरेका छन । मंगलबार नेकपा इटहरीले ४ लाख हजार रूपैयाको चेक र २ हजार किलो चामल इटहरी उपमहानगरको राहतकोषलाइ हस्तानतरण गरेको छ ।

राहत काेषमा ५१ हजारकाे चेक हस्तानतरण गर्दै रा.जा क्लबका पदाधिकारीहरू

त्यसैगरी इटहरीका युवा व्यवसायी तथा रिजाल भिजन पार्टि प्यालेसका सञ्चालक सिनेट रिजालले रू ५१ हजार , इटहरीको सबैभन्दा पुरानो क्लब राष्टिय जागृती क्लबले ५१ हजार , पूर्व राज्य मन्त्री राम कुमारी चौधरीले १लाख ११ हजार , इटहरी कस्तुरी कलेजले १ लाख ११ हजार , जनता कलेज प्राध्यापक संघले ७३ हजार १ सय ४३ रूपैया , राहतकोषकालागि हस्तान्तरण गरेका छन ।

राहत काेषलाइ रू ४ लाख २५ हजारकाे चेक हस्तानतरण गर्दै इटहरी नेकपाका पदाधिकारीहरू

त्यसैगरी इटहरी ९मा अवस्थित जनता माविमा अध्यन्नरत बिद्यार्थिहरूले आफ्नो टिफिन खर्चबाट दैनिक एक रूपैयाको दरले गरेको खुत्रुके बचतबाट रू एकलाख १ हजार रकम इटहरी उपमहानगर अन्तरगत राहत कोषलाइ हस्तानतरण गरेका छन । बिपतको घडीमा मन खोलेर उपमहानगरलाइ यसरी हौसला प्रदान गरी आ आफ्नो क्षेत्रबाट गरेको अमुल्य योग्दान पूर्याएको भन्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले सहयोगि सबैमा धन्यवाद ब्यक्त गरेका छन । यस अघि पनि उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ५० लाख भन्दा बढी रकम जम्मा भइसकेको उपमहानगर अन्तरगत मेयर चौधरीले बताएका छन ।

राहत काेषमा रू एक लाख एक हजारकाे चेक हस्तानतरण गर्दै जनता माविका शिक्षक तथा पदाधिकारी

 

तपाईको प्रतिक्रिया