मोरगं । लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीविकोर्पाजन गर्दै आएकाहरुलाई दैनिक छाक टार्न समस्या हुने तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरदुलारी उद्योग वाणिज्य संघले नगरपालिकाको राहत कोषमा चामल उपलव्ध गराएको छ ।

सुन्दरहरैचा नगपालिकाले विपन्न तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरुलाई राहतका रुप खाद्यान्न उपलव्ध गराउन थालेको समयमा सुन्दरदुलारी उद्योग वाणिज्य संघले १५सय केजी चालम राहतकोषलाई उपलब्ध गराएको सुन्दरहरैचा ३ का वडा अध्यक्ष जिवन प्रसाद ढुंगानाले जानकारी दिए ।

उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले नगर क्षेत्रमा रहेका दैनिक ज्यालादारी गर्ने विपन्न परिवारका मानिसहरुलाई खानाको लागि सहज होस भनेर नगरपालिकाका प्रमुख शिव प्रसाद ढकाललाई चामल हस्तान्तरण गरे । नगरपालिकाले सबै वडाबाट लागत संकलन गरिसकेको छ भने  शनिबारदेखि वडा कार्यालय मार्फत राहत बितरण गर्ने सुन्दरहरैंचाका मेयर शिव प्रसाद ढकालले बताए ।  सुन्दरदुलारी उद्योग वाणिज्य संघले लकडाउनको समयमा दैनिक उपभोग्यवस्तु अभाव नहोस भनेर आपूर्तिको व्यवस्था समेत नगरपालिका, धान मिल , ठुला व्यापारीहरुसंगको सहकार्य गर्ने जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया