बेलका । बिश्वभर फैलिएको काेराेना भाइरसले सबैमा त्रास उत्पन्न भएकाे । काेराेना भाइरस नेपालमा पनि देखिन थालेपछि नेपालभर लकडाउन लगाइएको छ । सर्वसाधारण घर बाहिर निस्कन समेत नसक्ने अवस्था रहेकाे बेला बेलका नगरपालिका वडा न ४ मा रहेका १०४ घर गरिव असाह्य ,अशक्त , तथा दैनिक खाद्यान्नमा असहज गर्ने बर्गमा खाद्यान्न बितरण गरेकाे छ ।

बेलका नगरपालिका,बे.न.पा. वडा न. ४ ,ने.क.पा. बेलका नगरपालिका र ने.का. को सन्युक्त सहकार्यमा उक्त खाद्यन्न बितरण गरेकाे हाे ।
नेपालमा यतिखेर खाद्यान्नकाे सङ्कटले कुनैपनि गरिब असाह्य बर्गमा समस्या नहाेस भनी बितरण गरिएकाे वडा नम्बर ४ का अध्यक्ष दिपक दंगालले जानकारि दिएका छन् । उनी भन्छन नेपालमा याे काेराेना भाइरस बिकराल रूपमा फैलन नदिन बेलका नगरपालिकाले घरघरमा गई उनिहरूलाई खाद्यान्न बितरण गदै अाइरहेका छाै ।
खाद्यान्नमा चामल , तेल , नुन , साबुन ,दाल अादि बितरण गरिएकाे र अाउने समयमा अावश्क्ता अनुसार पुन उपलब्ध गराउने दंगाल बताउछन् ।

नगर प्रमुख दुर्गा कुमार थापा , वडा अध्यक्ष दिपक दंगाल , कार्यपालिका सदस्य मिना आचार्य ,वडा सदस्य टन्क अधिकारी, ने क पा बेलका नगर वडा न ४ का सचिब बिदुर दहाल, उधाेग बाणिज्य संघ बे.न.पा. प्रतिनिधी कोपिल अधिकारी, र ने. का. तर्फका प्रतिनिधित्वो गर्नुहुने भोजराज खड्काको उपस्थितिमा खाधन्न बितरण गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया