सुन्दरहरैचा, सुन्दरहरैचा ०८ स्थित सलकपुर सामुदायीक वनमा प्रहरी र सिकारी बिच गोली हानाहान भएको छ । वनको उतरी सिमाना क्षेत्रमा शुक्रबार सिकार खेलीरहेको भन्ने सुचनाको आधारमा पक्राउ गर्न गएको सशास्त्र प्रहरी बल सलकपुरको टोलीले तीन जना सिकारीलाई पक्राउ गरेको छ ।

शुक्रबार ४० जनाको समुहमा सिकार खेलीरहेको अवस्थामा सिकारी र सशास्त्र प्रहरी बल साथै सशास्त्र वन रक्षक वन डिभिजन कार्यालयको टोली बिच आमने साम्ने भए पछी गोली हानाहान भएको थियो । सशास्त्र प्रहरी बल सलकपुरका सशास्त्र प्रहरी निरिक्षक विदुर भट्टराईका अनुसार हत्यार सहित ठुलो सन्ख्यामा सिकारी आम्नेसाम्ने भएपछी सिकारीले फायर गरेको थियो त्यसको जवाफि फायर सशास्त्र प्रहरीले फर्काएको हो ।

सशास्त्र प्रहरीले हुललाई तितर वितर पार्दा अन्य सिकारी भागे पनि तीन जनालाई नियन्त्रणमा लिएको छ भने उनिहरुको साथबाट २ नाल भरुवा बन्दुक पनि नियन्त्रणमा लिएकोछ ।

पक्राउ पर्नेमा केराबारी गाउपालिका आमजुगीका ३५ वर्षिय डम्बर बहादुर जोगी, सोही ठाउका छु वर्षिय किसान कार्की र झापा धाइजनका २७ वर्षिय किरण धिमाल रहेका छन ।

तपाईको प्रतिक्रिया