शिवशंकर चौधरी । विर्तामोड, झापा ।
दिनाँकः २०७६ चैत्र २० गते बिहिवार ।
स्थानः झापाको विर्तामोडस्थित विएण्डसी अस्पताल परिसर ।
समयः अपरान्ह ।
केश नम्वर १. एकजना वच्चाको उपचारमा एक महिला आईन् । उनले सहजै तुरुन्तै उपचार गरेर फिर्ता हुन पाईन् । खुसी भईन् ।

केश नम्वर २.शनिश्चरेबाट अर्का एक अविभावक आए टाउकामा समस्या भएका वच्चा लिएर । उनीहरुले पनि सहजै र तुरुन्तै वच्चाको उपचार पाए । उपचारमा कुनै समस्या नरहेको प्रतिक्रिया दिदै खुसी व्यक्त गरे ।

केश नम्वर ३. वच्चा लडेर भएको समस्या लिएर अर्का अविभावक फेरि आए । उनको वच्चा पनि भमिटिंग गर्ने लगायतका समस्यामा अस्पतालले दिएको उपचारबाट संतुष्ट भए ।

केश नम्वर ४.फिदिम नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष लिलाराज तुम्वाहाम्फे हेलिकप्टरबाट अस्पताल आईपुगे । हेलिकप्टर विएण्डसी अस्पतालको छानामा रहेको हेलिप्याडमा अवरतण गर्यो । अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीलाई होशियारीपूर्वक हेलिकप्टरबाट स्टेचरमा राखेर उपचार कक्षमा लगे ।

बिरामीका दाजुका अनुसार उनलाई एकहप्ता अघि धरानको खोपा अस्पताल लगिएको थियो । त्यसपछि फेरि नाकबाट रगत आउने अर्को समस्या थपियो । अनि आजै स्थानीय समर्पित अस्पतालमा लगियो । समर्पित अस्पतालले वडा अध्यक्ष समेत रहेका बिरामी तुम्वाहाम्फेको थप उपचारका लागि विएण्डसीमा रिफर गर्यो ।

अनि वडाध्यक्ष बिरामी तुम्वाहाम्फे निजी खर्चमा हेलिकप्टर प्रयोग गरेर विएण्डसीमा उपचारका लागि आए, ल्याईए । चिकित्सकका अनुसार लगभग बहोस जस्तो अवस्थामा ल्याईएका बिरामी वडाध्यक्ष तुम्वाहाम्फेको उपचार सफल भैरहेको छ ।

केश नम्वर ५.एक बिरामी बिर्ताबजारबाट एम्वुलेन्समा आए, उनको पनि सफल उपचार सिघ्र भयो ।
माथिका केही प्रतिनिधि केश मात्रै हुन्, जसमा बिहिबार झापास्थित विएण्डसी अस्पतालले बिरामीलाई पुरयाएको सेवा र उपचारमा आएका बिरामीले पाएको उपचार र सेवाको दृष्टान्त झल्किन्छन्, पस्कन्छन् ।

बिरामीका लागि ढोका नखोल्ने कतिपय अस्पतालको सूचीमा विएण्डसीलाई केन्द्रमा राखेर अफवाहपूर्ण प्रचार गर्ने राजधानीका मिडिया साहुजीहरुका लागि यो एउटा प्रतिनिधि सन्देश पनि हो । किन की झापाको विएण्डसी अस्पताल कहिल्यै पनि बिरामीका लागि ढोका बन्द नहुने अस्पताल मध्ये अग्रस्थानमा पर्छ ।

अस्पतालका सुरक्षाकर्मी शरद खनालका अनुसार यहाँबाट कहिल्यै कुनै पनि बिरामीलाई अस्पताल प्रवेश गर्न रोकिएको छैन । गेटमा ज्वारो नापेर अस्पतालमा आउने सबैलाई सिधै उपचारका लागि भित्र पठाउने गरेको उनले बताए । सुरक्षाकर्मी खनालले मिडियामा आएजस्तो आफूहरुले कुनै पनि बिरामीका लागि अस्पतालको ढोका कहिल्यै बन्द गर्ने नगरेको पनि बताए ।

विन्जु मिडिया कर्नरका पत्रकार टोलीले यी उल्लेखित सबै केशको दृश्याँकन गरेका छन् । यहाँ जे भयो बिहीबारका दिनमा ती सबै दृश्य विन्जु मिडिया कर्नरको टोलीले तयार गरेको भिडियोमा जस्ताको त्यस्तै हेर्न सकिन्छ । हेर्नुहोस विन्जु मिडिया कर्नरले तयार गरेको स्थलगत भिडियो रिपोर्ट

भिडियो स्रोतः विन्जु मिडिया कर्नर ।

हो, अहिले विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाईरसको संक्रमणले नेपाल पनि थलिएको छ । देश लकडाउनमा परेको छ । यसबेला झापाको विएण्डसी अस्पतालले कोरोना उपचार केन्द्र बनाउन आफ्नो अस्पताल सरकारले प्रयोग गर्न सक्ने घोषणा पहिल्यै गरिसकेको छ । अझ पछिल्लो जानकारी अनुसार आफ्नो अस्पताल २४ सै घण्टा सबैखालका बिरामीको लागि खुल्ला रहेको कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्पष्ट पारिसकेका छन् ।

अस्पतालमा अहिले क्यान्सरको विशेष उपचार सुविधा छ, जहाँ केमोथेरापी, रेडियोथेरापी दिनुपर्ने लगायत क्यान्सरसंग संवन्धित सबै खाले समस्याका बिरामीहरुलाई दिनहुँ उपचार सेवा पुरयाईरहीएको पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रमुख सिनियर डा. वीरेन्द्र यादवल जानकारी दिए । उनका अनुसार दैनिक दुईदर्जन बराबरी बिरामी ओपिडी र अन्य उपचारमा आउने गरेका छन् ।

यो सबै जीवन्त दृष्टान्त विएण्डसीले क्यान्सर तथा अन्य सबै रोगको उपचार निर्वाद रुपमा संचालन गरिरहेको छ भन्ने ताजा उदाहरण र प्रमाण हो । निजी अस्पतालले सरकारलाई टेरेन्न, बिरामीलाई हेरेन्न भन्ने एकखालका मिडियाको प्रचारमा विएण्डसीलाई मुख्य टार्गेट गरेर नकारात्मक समाचार प्रवाह गर्नेहरुले स्थलगत भ्रमण नगरिकन केवल आरोपका लागि आरोप लगाउनु गलत छ । यो कुरा बाँकी माथिको भिडियोले नै बोलिसकेको पनि छ ।

देशैलाई मानवजातीको साझा दुश्मन कोरोना संक्रमणले गाँजिरहेको चुनौति र जोखिमपूर्ण बेलामा विएण्डसी वा अन्य कुनै पनि अस्पतालका स्वास्थ्यकर्मी, नर्स, चिकित्सक वा व्यवस्थापकलाई मानमर्दन गर्ने वा नकारात्मक समाचार बनाउने कर्म आफैंमा गलत छ ।
हाहतियारबिहिन तेस्रो विश्वयुद्धका रुपमा चलेको कोरोना संक्रमणका पहिलो पंक्तिका लडाकु चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीहरुको मनोवल कमजोर हुने गरी, उनीहरुलाई हतोत्साही हुने गरी अफवाहपूर्ण समाचार खेती गर्नु सबैको लागि घातक हुनेछ । कम्तीमा यो कोरोना विरुद्धको युद्धका पहिलो मोर्चाका सेना बनेका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापक, संचालकहरुलाई उनीहरुको कर्ममा होस्टेमा हैंसे हुने गरी मिडियाले साथ दिनु आजको युगिन आवश्यकता हो नी होईन र ?

साभार ः ujyaalonepal.com

 

 

तपाईको प्रतिक्रिया