सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित बाँसबारी चौकबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । स्थानीय गछिया प्रहरी चौकीको टोलीले स्थानीयबासीको सूचनाको आधारमा छापा मार्दा घरेलु मदिर बरामद गरेको हो । लकडाउनको अवस्थामा बाँसबारीमा मदिर सेवन गरेर झगडा गर्ने गरेको भनि स्थानयिबासीबाट आएको सुचना अनुसार गएको प्रहरी टोलीले घरेलु मदिरा नियन्त्रणमा लिएको हो । मदिरा नियन्त्रणमा लिएपनि झगडा गर्नेहरु भने भाग्न सफल भएको गछिया प्रहरीले जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पमदर स्थानीय गछिया खेलामा लगेर नष्ट गरेको छ ।

 

तपाईको प्रतिक्रिया