इटहरी । प्रदेश एकमा अहिले सम्म काेराेना भाइरस ( काेभिड –१९ )काे संक्रमण अाशंकामा ५४ जनाकाे नमुना संकलन भएकाे छ । जसमा ४२ जनाकाे रिपाेर्ट नेगेटिभ देखिएकाे छ । प्रदेश एककाे १४ जिल्लाहरूमा रहेका बिभिन्न अस्पतालहरूबाट हाल सम्म ५४ जनाकाे नमुना संकलन गरी परिक्षणमा पठाइएकाे मध्ये ४२ जनाकाे रिपाेर्ट नेगेटिभ अाएकाे प्रदेश एक सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डां.सुरेश मेहताले बताउनुभयाे ।अब १२ जनाकाे मात्रै रिपाेर्ट अाउन बाकि रहेकाे उहाले बताउनुभयाे ।

सामाजिक बिकास मन्त्रालय प्रदेश एकमा राखिएकाे डाटा अनुसार सुनसरीबाट २५, मोरङबाट ९, झापाबाट ५,  धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । प्रदेश नं. १ बाट बुधबार र बिहीबार गरेर ८ जनाको नमूना संकलन गरिएको छ ।मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमूना संकलन गरिएको हाे । प्रदेश एक भरी अझै पनि १ सय २३ जना कोरोना भाईरसका शंकास्पद बिरामिहरूले नाम दर्ता गराइ उपचार गराइरहेका छन ।

तपाईको प्रतिक्रिया