धरान । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले जारी गरेकाे लक डाउनलाइ उलङघन गर्दा धरानमा स्थानीयहरूलाइ घुडा टेकाइएकाे छ । लक डाउनकाे उलङघन बढेकाे पाइउपछि धरान प्रहरीले हाल यस्ताे गर्न थालेकाे हाे ।

धरानको वडा प्रहरी कार्यालय अगाडि नगर प्रहरी र नेपाल प्रहरीका जवानले दुई व्यक्तिलाई घुँडा टेकाएर हिँडाएका हुन् ।भानुचोकमा रहेको प्रहरी कार्यालय अगाडि घुँडा टेकाएर हिँड्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।प्रहरी कार्यालय अगाडि खिचिएको भिडियोमा प्रहरीले दुई जनालाई हप्काउँदै कान समातेर घुँडा टेक्न लगाएर हिँडाएको छ ।

तपाईको प्रतिक्रिया