• तेजबहादुर बन

इटहरी । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि मंगलबारबाट सुरू गरेको लक डाउनको प्रभाव प्रदेश एकको जिल्लाहरूमा पनि देखिएको छ ।

प्रदेश एकका १४ जिल्लाहरूमा बिहानैबाट कुनै व्यापार व्यवसाय खुलेका छैनन भने , छिट्टफुट्ट मात्रामा चलेका साना सवारीहरूलाइ पनि मुख्य राजमार्गमा खटिएका सुरक्षाकर्मिहरूले केहि समय नियन्त्रण लिएर बिचबाटोबाटै घर फर्काइदिने गरिरहेका छन ।

यसैबिच प्रदेश एककै मुख्य गन्तब्य मानिने सुनसरीको इटहरीमा भने सरकारले जारी गरेको लकडाउनलाइ अवज्ञा गर्दै घरबाट बाहिर निस्किएर मुख्य राजमार्गमा आउने जो काहेलाइ पनि नमस्कार गर्दै पुन घर फर्काउने काम गरिरहेको छ ।

प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी भिम दहाल आफै राजमार्गमा खटिदै आएका छन । सरकारले अत्याआवस्यक सेवाबाहेक जो कोहिलाइ नि घरबाट बाहिर ननिस्कनु भनेर अनुरोध गरिरहदा अटेर गर्दै राजमार्गमा निस्किएकाहरूलाइ ट्राफिक प्रहरीहरूले इटहरीमा नमस्कार गर्दै पुन आ आफ्नो घर फर्काइदिएका छन ।

अन्य क्षेत्रबाट इटहरी आइपुगेका सवारीसाधन तथा यात्रुहरूलाइ पनि प्रहरीले केहि समय रोकेर पुन घरतिरै फर्काउने गरेको छ । बिराटनगर , बेलबारी , धरान , उदयपुर चतरा लगायतका स्थानबाट मोटरसाइकलमा आएका स्थानीय नेता देखि शिक्षक , कर्मचारी , र यात्रुहरूलाइ ट्राफिक प्रहरीहरूले मंगलबार इटहरीबाट आ आफ्नो घर फर्काएको हो ।

त्यसैगरी बाहिरको जिल्लाबाट सुनसरी आएका एम्बुलेन्स पनि प्रहरीले निगरानीमा राखेको छ । कोरोना भाइरसको सन्त्रास छाएकै बेला बिरामिको बहाना बनाएर एम्बुलेन्सको दुरूपयोग हुन सक्ने भन्दै प्रहरीले एम्बुलेन्स समेतलाइ कडा निगरानीमा राखेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भिम दहालले बताए ।

यसैबिच सरकारले देशनै लकडाउनको घोषणा गरिरहदा अवज्ञा गर्दै राजमार्ग ल्याइएका एक शय बढी साना तथा ठुला सवारीसाधनहरूलाइ प्रहरीले नियन्त्रणमा लिइ पुन घर फृकाएको छ । बिराटनगर , बेलबारी , धरान , उदयपुर चतरा लगायतका स्थानहरूबाट इटहरी आएका मोटर साइकल , स्कारपिओ , म्याजिक भेन , निजि सवारी , मालबाहक ट्रक , लगायतलाइ केहि समय नियन्त्रणमा लिइ पुन घर फर्काइएको हो ।

बिहान ५ बजेदेखि नै राजमार्गमा तैनाथ भएका प्रहरीहरूले ११ बजे सम्मको अवधिमा एकशय बढी साना तथा ठुला सवारीहरू नियन्त्रणमा लिइ पुन घर फृकाइएको बताइएको छ । प्रहरीले दुधको गाडी , प्रेस , कुटनितिज्ञ सवारीसाधन , एम्बुलेन्स , बारूणयन्त्र , सब्जी लगायतका अति आवस्यकिय सामग्री बोकेको सवारी साधनहरू भने बिना रोकावट सञ्चालन भइरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया