सुन्दरहरैचा, विश्वव्यापी रुपमा फैलीरहेको कोरोना भाइरस ( covid -19) का कारणले नेपालले पनि उच्च सतर्कता अपनाएको छ ।

कोरोना भाइरसलाई फैलिन नदिन नेपाल सरकार तथा स्थानिय सरकारले पनि आफू मातहतका विभिन्न स्थानमा भिडभाड हुने कार्यक्रम साथै उधोग, व्यवसायहरु बन्द गराउदै आएको छ ।

त्यस्तै प्रदेश नं १ भरी सञ्चालनमा आएका फुटसलहरु पनि भोलि देखि बन्द हुने भएको छ ।

सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै प्रदेश नं १ फुटसल व्यवसायी संघले प्रदेश नं १ मा सञ्चालनमा आएका सबै फुटसल बन्द गर्ने जानकारी दिएको छ ।

संघका सचिव समीर बस्नेतका अनुसार नेपाल सरकार तथा स्थानिय तहहरुले ल्याएको सतर्कता नितिलाई समर्थन गर्दै खेलाडी तथा खेलप्रेमी महानुभावहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परिस्थिती अनुकुल नहुन्जेल सम्मका लागि चैत्र ११ गते देखि प्रदेश नं १ भरी का सबै फुटसल बन्द रहनेछ ।

प्रदेश नं १ भरी जम्मा १४ वटा फुटसल सञ्चालनमा रहेका छन ।

तपाईको प्रतिक्रिया