निर्भया बलात्कारका दोषीलाई फाँसी दिइएपछि निर्भयाकी आमा आशादेवीले न्याय मिलेको बताएकी छिन् । फाँसीको सजाय दिने वित्तिकै आशादेवीले सञ्चारमाध्यमसँग छोरीप्रति गर्व गर्ने बताइन् ।

उनले भनिन्, मलाई निर्भयाको आमा भन्दा गर्व लाग्छ । कुनैपनि महिलाले बलात्कार जस्तो घटना भोग्नुनपरोस् भन्दै यो सजायले अब अरुले यस्तो गल्ती गर्न डराउने बताइन् । बलात्कारको घटना लुकाउने नभई उजुरी गर्नुपर्ने भन्दै लडाईं जारी रहेको बताइन् ।

यसअघि पवन जल्लादले झुण्ड्याएर दिल्लीस्थित तिहार जेलमा चार जनालाई फाँसी दिएका थिए । फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षीका छन् ।

तपाईको प्रतिक्रिया