गर्मी महिना सुरु भएसँगै घरमा मच्छरको आतंक सुरु भइसकेको छ ।

अझ गर्मी क्षेत्रमा बस्नेहरूलाई मच्छरले धेरै नै सताउने गर्छ ।

मच्छर मार्ने धुपदेखि लिएर हरेक तरिका अपनाउँदा पनि मच्छर कम हुँदैन ।

बजारमा पाइने रसायनयुक्त प्रडक्टले मच्छर भगाउनभन्दा पनि स्वास्थ्यलाई हानी पु¥याइरहेको हुन्छ ।

दिनभरि पनि झ्याल–ढोका बन्द गरेर र राति सुत्ने बेला झुल लगाएर मच्छर भगाउन केही सावधानी अपनाउनु पर्छ ।

यदि सक्दो उपायहरू अपनाउदा पनि मच्छरबाट हैरान हुनुहुन्छ भने घरका सबै मच्छर भगाउने प्राकृतिक तरिकाहरू अपनाउन सकिन्छ ।

गाढा रंगहरूमा मच्छरहरू धेरै आउने हुँदा कालो, निलो हरियो रंगको लुगा लगाउँदा पनि मच्छर धेरै आएको हुन सक्छ ।

धुप बालेको खण्डमा कोठालाई बन्द गरेर धुप बाल्ने र आधि घण्टापछि धुवाहरू निस्किसकेपछि मात्र भित्र जाने गर्नुपर्छ ।

कोठामा बजारमा पाइने रसायनयुक्त मच्छर धुप किनेर बाल्नुको सट्टा एउटा कपुर बालेर २० मिनेट जति कोठालाई छोडिदिँदा मच्छरहरू मर्छन् ।

अण्डा राख्ने खोललाई पनि बालेर मच्छर भगाउन सकिन्छ ।

कागतीलाई दुई टुक्रामा काटेर त्यसमा केहि ल्वांग अड्काएर आफ्नो कोठाको चारै कुनामा राख्दा यसको सुगन्धको कारणले मच्छर भाग्ने गर्छन् । शरीरमा तोरीको तेल लगाउँदा पनि मच्छरहरू भाग्ने गर्छन् ।
निमको पातको धुलो बनाएर नरिवलको तेलसँग बराबर मिलाएर शरीरमा लगाउँदा ८ घण्टासम्म यसले हामीलाई मच्छरको टोकाईबाट बचाउने गर्छ साथै वरिपरि मच्छर आउन पनि दिँदैन ।

तपाईको प्रतिक्रिया