सुन्दरहरैचा, गत फाल्गुण २४ गते नेपाली काङ्ग्रेसद्वारा आयोजित एक कार्यक्रम पार्टी केन्द्रिय सर्कुलर विपरित भएको भन्दै केही युवाले विरोध गरेपछी नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कर्यक्रम स्थगित गर्न अनुरोध गरेका थिए ।

प्रवक्ता शर्माले कार्यक्रम रोक्नु भनेपछी कार्यक्रमलाई छोटो बनाएर स्वागत मन्तव्यमै कार्यक्रम स्थगित भएको थियो ।

तर कार्यक्रम स्थगित भएपछी मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवारी सुनिल शर्मा यति खेर सामाजिक सञ्जालमा रोईकराई गर्न थालेका छन । उनी निकटका केही युवा विधार्थीहरुलाई प्रयोग गरेर सुनिल शर्मा प्रवक्ता विरुद्द खनिएका छन ।

पार्टीको सर्कुलर विरुद्ध सुनिल शर्मा खुल्ला रुपमा नै अगाडि देखिए पछि मोरङ क्षेत्र नं ३ मा उनी विरुद्ध नेपाली काङ्ग्रेस निकट युवाहरु एक भएका छन । अहिले नेपाली काङ्ग्रेस निकट युवाहरुको दिन चर्या विभिन्न ठाउमा गोलबन्दी हुँदै उनको विरुद्ध लाग्न एक भएका छन ।

अहिले सांसद देखि जनप्रतिनिधिहरुले पनि शर्मा विरुद्ध आवाज निकाल्न गोलबन्दी भएका युवाहरुलाई साथ दिन थालेका छन ।

युवाहरु एक भएपछी सुनिल शर्मा आतिएर अहिले भ्रामक शब्द बोलेर प्रवक्ता शर्माको विरुद्द बोल्दै हिड्न थालेको आरोप नेपाली काङ्ग्रेसका युवा नेता अर्जुन गजुरेलले लगाएका छन ।

उनले शर्माले ३ नं क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर साथै अन्य बिरामीको उपचार गरे पनि उनले राजनितिक भन्दा व्यवसायीक फाइदाको लागि मात्र गरेको आरोप लगाए ।

शर्माले ३ नं क्षेत्रमा शुरुमा नोबेलमा बिरामी उपचार गर्नको लागि कसैको सिफारिस चाहिदैन थ्यो तर अहिले उनले भनेको मान्छेको सिफारिसमा र घरको फोटो पठाए मात्र उपचार गर्न थालेका छन । गजुरेलले शर्माको यस्तो कार्य अब केही दिनको लागि मात्र रहने बताए । उनले शर्माको पछाडी अहिले यहाको जनताको साथ हट्दै गएपछी उनले स्वास्थ्य उपचार पाउन यस्तो नया उपाय निकालेको बताए ।

तपाईको प्रतिक्रिया