धरान, धरान स्थित विरेन्द्र सभागृहमा आजबाट तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय व्यापी शारिरिक सुगठन प्रतियोगिता २०७६ सञ्चालन हुने भएको छ ।

उक्त प्रतियोगितामा नेपाल भरीका करिब ५० जना भन्दा बढी बडि बिल्डरहरु सहभागी हुने आयोजकले बताएको छ ।

आजबाट सञ्चालन हुने उक्त प्रतियोगितामा मोरङ्को सुन्दरहरैचामा सञ्चालन हुँदै आएको गोल्ड जिमले समेत सहभागी जनाउने भएको छ ।

प्रतियोगितामा गोल्ड जिमको तर्फबाट बडि बिल्डर इन्द्र सापकोटाले प्रतिनिधित्व गर्ने गोल्ड जिमले जनाएको छ ।

सापकोटा सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकका हुन । उनले मकाउमा आयोजित बडि बिल्डरको उपाधी जित्नुका साथै राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा सञ्चालन भएको बडि बिल्डर प्रतियोगितामा समेत सहभागी भई उपाधी जित्न सफल भईसकेका हुन ।

तपाईको प्रतिक्रिया