इटहरी, इटहरीमा १ नं प्रदेश स्तरिय अन्तर कलेज खाध्य प्रविधी फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

निलगिरी कलेज इटहरीमा रहेको खाध्य विधार्थीहरुको संगठन खाध्य प्रविधी विधार्थी संगठनद्वारा आयोजित उक्त प्रतियोगितामा प्रदेश भरीका करिब ६ वटा कलेज सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा सहभागी कलेजहरु इटहरीको निलगिरी कलेज, धरानको धरान बहुमुखी कलेज, इटहरीको सुनसरी टेक्निकल कलेज, विराटनगरको विराट बहुमुखी कलेज, खाध्य प्रविधी प्रध्यापक समूह, धरानको केन्द्रिय प्रविधी क्याम्पसहरु रहेका थिए ।

उक्त प्रतियोगिता इटहरी स्थित एरिना फुटसलको खेल मैदानमा सञ्चालन भएको थियो ।

उक्त प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा धरान बहुमुखी क्याम्पस विजयी भएको थियो ।

निलगीरी कलेज र धरान बहुमुखी क्याम्पस बिच भएको फाइनल प्रतियोगितामा निलगीरीलाई हराउदै धरान विजयी भएको हो ।

उक्त प्रतियोगितामा प्रमुख अतिथी खाध्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुनसरीका खाध्य अनुसन्धान अधिकृत विक्रम लिम्बु रहेका थिए भने विशिष्ट अतिथि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौका डाइटिसियन टंक भट्टराई र सेभेन स्टार ईन्स्टिच्युट इटहरीका अध्यक्ष रुपेश कुमार मिश्र रहेका थिए ।

तपाईको प्रतिक्रिया