अस्पतालको शैय्यामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रस्तावित कोरोना भाइरससँग जुध्न सशक्त रणनीतिका लागि सार्क सदस्यहरुबीच सहकार्य गर्ने प्रस्तावको स्वागत गरेका छन्।

नेपाल सरकार सार्क सदस्य राष्ट्रहरुबीच सहकार्य गर्दै यो खतरनाक रोगबाट नागरिकहरुको रक्षा गर्न तयार गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै कोरोना महामारीसँग जुध्न सार्क सदस्य राष्ट्रहरुबीच सहकार्यका साथ सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका थिए।

https://twitter.com/PM_Nepal/status/1238401865370361857

 

तपाईको प्रतिक्रिया