इटहरी । रगंहरुका साथै सद्भावको पर्वको रुपमा मनाइने होली पर्वको अवसर पारेर सुनसरीको इटहरीमा रहेको एस डी फुटसलले पनि आपसमा शुभकामना आदान प्रदान गरि मनाएको छ ।

फुटसल सञ्चालक सदस्य तथा खेलाडीहरुको सहभागि भई एक आपसमा रगं दलेर होलीको शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाइएको हो ।

विगतका वर्षहरुमा पनि सामुहिक रुपमा होली खेलिदै आएको भएपनि यस वर्ष ठुलो संख्यामा भेला भएर सामुहिक रुप होली नखेल्न सरकारी स्तरबाटै आग्रह गरिएको कारण एसडी फुटसलले आफना सदस्य र खेलाडिहरुलाई सहभागी गराएर होली खेलेको सञ्चालक विष्णु रिजालले जानकारी दिए । एसडी फुटसलले होलीका साथै अन्य चाड पर्वमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया