पतिलाई धोका दिएर अर्को प्रेमी बनाउने एक महिलाले निकै ठूलो दुर्घटना व्यहोर्नु परेको छ । यो भारतको अयोध्याको घटना हो । त्यहाँ एक महिलाले पतिबाहेक बाहिर प्रेमीसँग सम्बन्ध राखेको थाहा पाएपछि ससुरासहित गाउँले मिलेर पक्राउ गरेका छन् ।

पक्राउ परेकी ती महिला र उनका प्रेमीलाई गाउँले नराम्रोसँग पिटेर उनीहरुको नाक काटिदिएका छन् । दुवै जना अहिले अस्पतालमा भर्ना भएका छन् । गाउँलेको आरोपअनुसार पाँच बच्चाकी यी आमासँग भेट्न २६ वर्षीय युवा हरेक रात उनको घरमा पुग्थे । सोमबार जब ती युवा घरमा आए, गाउँलेले उनलाई घेरेका हुन् । अनि दुवैलाई पक्राउ गरेर नाक काटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया