बेलबारी, नेपाली काङ्रेस तरुण विभाग मोरङ जिल्ला समितिको आयोजनामा बेलबारी स्थित भाउन्नेमा शनिबार “तरुण युवा संग नेपाली काङ्रेस ” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्रेसका नेता वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभाध्यक्ष तरुण विभाग मोरङका अध्यक्ष संजय मण्डलले गरेका थिए ।

नेपाली काङ्रेसका महासमिती सदस्य सुनिल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुने भनेर कार्यक्रमको केही दिन अघि देखि नै प्रचार प्रसार गरेको आयोजकले अन्त्यमा नेपाली काङ्ग्रेसका नेता वसन्त भट्टराईलाई आयोजकले कार्यक्रमको प्रमुख अतिथी बनाएको थियो ।

कार्यक्रम सम्पन्न भए पनि नेपाली काङ्रेस केन्द्रले विश्वभर फैलीरहेको कोरोना भाइरसका कारण कहि पनि कुनै ठाउमा सभा , सम्मेलन गर्न नपाउने भनी एक भिडियो मार्फत काङ्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भनेका थिए । तर केन्द्रको भनाईलाई नै लत्याएर नेपाली काङ्रेस मोरङ जिल्लाको हठका कारण बेलबारीमा शनिबार भव्य सभा सम्मेलनको आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रम सम्पन्न भए पनि जिल्लाले केन्द्रको भनाईलाई नै लत्याएर कार्यक्रम गरेको भन्दै अहिले नेता कार्यकर्ताले कार्यक्रमको आलोचना गर्दै आएका छन ।

एक नेताले भने : “कार्यक्रम गर्नु काङ्रेसलाई विभिन्न गतिविधिमा व्यस्त बनाउनु राम्रो हो तर विश्वलाई नै कोरोना भाइरसले चुनौती दिदै आएको बेला केन्द्रले नै सभा सम्मेलन नगर्नु भनेर निर्देशन दिदा दिदै जिल्लाले कसैको उद्देश्य र फाइदाको लागि कार्यक्रम गर्नु गलत हो । ”

नेपाली काङ्रेस केन्द्रले केही दिन अघि मात्र काङ्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक भिडियो मार्फत कहि पनि सभा सम्मेलन नगर्न निर्देशन गरेका थियो ।

तपाईको प्रतिक्रिया