नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीले प्रधानमन्त्री केपी ओली भ्रष्टाचारको आहालमा डुबेको भन्दै राजीनामा मागेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले प्रधानमन्त्री ओली भ्रष्टाचारको आहालमा डुबेको भन्दै राजीनामा मागेका हुन् ।

बालुवाटार काण्ड, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार काण्डको चर्चा गर्दै उनले देशमा सुशासन कायम गर्न प्रधानमन्त्री ओली असफल भएको पनि बताए । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोड कमिसन प्रकरणमा छानबिन प्रभावित गर्ने गरी अडियो नक्कली भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएकोप्रति पनि उनले आक्रोस व्यक्त गरे ।

ओलीको नेतृत्वमा सरकार गठन भए पनि दिन दुई गुणा रात चार गुणाका दरले भ्रष्टाचार बढिरहेको भन्दै देशनै डाइलासिस गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । “नैतिकताको एक प्रतिशत मात्र छ भने बाँकी भएको छवि जोगाउन उहाँले राजीनामा दिनुपर्छ,” प्रधानमन्त्रीतर्फ लक्षित गर्दै उनले भने ।

तपाईको प्रतिक्रिया