पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाईनलको चरण सुरु हुनुअघि इटहरीका आफ्ना फ्यानहरुलाई भेट्न उनी इटहरी आएका हुन् । दले दाईको नामले ख्याति कमाएका कोइराला भोट अपिल गर्न उनि इटहरी आइपुगेका हुन् ।

भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड ईन्ट्रीबाट धमाकेदार प्रस्तुती दिदै आएका सुमनले शुक्रवार इटहरी उपमहानगरपालिकाको सभाहलमा पत्रकारहरुसँग भेटघाट गरे । पत्रकार भेटघाट कार्यक्रममा उनले सहयोग गर्न आग्रह गरेका थिए ।

कमेडि ज्यान्पियनका बहु प्रतिभा भएको इटहरीका सुमन कोइरालालाई अत्याधिक मतले जिताउन गितकार जेबि टुहुरेले अनुरोध गरेका छन्
उनले इटहरीस्थित हाम्रो बोर्डिङ स्कुलमा समेत प्रस्तुती देखाए भने इटहरीस्थित विराट टेलिभिजनको उद्घाटन कार्यक्रममा समेत प्रस्तुती दिए । आइतबारसम्म इटहरी रहँदा उनी आधा दर्जन बढी कार्यक्रममा सहभागि हुने छन् ।
जहाबाट सुनमले अहिले सम्म सहयोग गर्नै सम्पूर्ण नेपालि तथा पुर्वे्लिहरुलाई धन्यवाद दिदै अब बाकि रहेको एक खुड्किलो पनि पार गराईदिन अनुरोध गरे । शोमा उनका हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ ।

तपाईको प्रतिक्रिया