नविन दहाल इटहरी

पूर्व–पश्चिम राजमार्गको मुख्य सडकमा असुरक्षित तवरले यात्रा हुदाँपनि ट्राफिक प्रहरीले वेबास्ता गर्ने गरेको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यलय इटहरीको अगाडिबाट नै असुरक्षित यात्रा हुदा पनि प्रहरीले मुकदर्शक बन्ने गरेको पाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयकै अगाडिको चेकपोष्टमा यस्तो हुन्छ भने अन्य ग्रामिण क्षेत्रहरुमा झन् के होला भन्ने बिषयमा प्रश्न समेत उठेको छ ।

पूर्व–पश्चिम राजमार्गको मुख्य सडकका ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ । यातायातका साधनहरुलाई सडक नियम पालना गराउन, यात्रुको सुरक्षा तथा समग्र सडक सुरक्षाको उद्देश्यसहित परिचालित ती प्रहरी यति लाचार बनिदिन्छन् कि , उनीहरुकै अगाडिबाट म्याजिक भेन लगायतका सवारी साधनमा असुरक्षित तबरले यात्रा गर्दापनि मुकदर्शक बनीरहेका हुन्छन् । अझ केही सँग त ओके टोके समेत हुन्छ लगभग २.५ कि.मी को दुरीमा बालग्राम चेकपोष्ट छ,आफु सँग भएको ओके टोकेको प्रयोग गरी यसरी असुरक्षित तबरले यात्रा गरी रहेको सुचना दिएर सवारी साधनलाई कारवाही गर्न समेत सकिन्छ तर यसको विपरीत प्रहरीले प्रहरीले वेबास्ता गने गरेको छ । म्याजिकका कन्डकटरहरु मात्र नभएर यात्रुहरुले समेत असुरक्षित यात्रा गर्ने गरेको छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको अगाडिबाट दिनहु यात्रा गर्ने गुणराज श्रेष्ठ भन्छन् :

”म दिनहु यहि बाटो हुदै काममा जान्छु र यहि बाटो हुदै कामबाट फर्किन्छु गाडीवालाको कमजोरीलाई प्रहरीले आँखा चिम्लिदिने गर्छ । बिहान र दिउसोको समयमा ट्राफिक प्रहरीहरु केहि सक्रिय देखिए पनि म्याजिक टेम्पो बसहरुले लगायतले गर्ने ट्राफिक नियम उल्लङ्घनलाई प्रहरीले बेवास्ता गर्ने गरेको देखिन्छ । अझ बेलुकाको समयमा त म्याजिक भेन लगायले नियम बिपरीत यात्रु कोचेर लगिरहेको हुन्छ,बस टोम्पोहरुले ढोका समेत नलगाई सवारी चलाईरहेका हुन्छन् उक्त समयमा ट्राफिक प्रहरी समेत खासै सक्रिय रुपमा लागिरहेको हुदैन ।”

त्यस्तै अर्का युवाले आफ्नो नाम नखुलाउने सर्तमा भने

”यहा ट्राफिकले कार्वाही गर्ने भनेको त ट्रिपर र केहि सफारीहरुलाइ मात्रै हो अस्ती भर्खरै मेरै अगाडिबाट २ वटा ठूला इन्डियन तेलबोक्ने ट्या«ङ्करहरुले नियम बिपरीत हर्न बजाए ट्राफिकले ट्या«ङ्कर रोक्न इसारा गरेपनि नरोकी गए त्यस पछि के कार्वाही हुदो रहेछ भनेर मैले हेरेर बसे आफ्नो हातमा ओके टोके भएता पनि ट्राफिक प्रहरीले त्यसको प्रयोग गरेनन् उनले अझ थपे केहि पर कलङ्कि चौकबाट असुरक्षित तबरले यात्रा गरेर मानिसहरु गईरहेका हुन्छन् तर ट्राफिक प्रहरीले उक्त दृष्य टुलुटुलु हेरीमात्र रहन्छन् ।”

त्यसैगरी अर्का यात्रु रोमन कार्की भन्छन् ”ट्राफिक प्रहरीले नियम कडा बनाएर नियमीत चेकजाच गर्ने हो भने यसरी सवारीहरुले प्रहरीको डरले यस्तो लापरबाही गर्ने थिएनन् ।”

 १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय अगाडीबाटै असुक्षित तरिकाले यात्रा गरीरहेको दृष्य

 

इटहरी संग जोडिएका मुख्य राजमार्गहरूको ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएपनि प्रहरीले देखेको नदेखै गर्दा यात्रुहरू असुरक्षित यात्रा गर्न बाध्य बनेका छन् भने भोलिको दिनमा दुर्घटनाको सम्भावना पनि धेरै देखिएको छ ।

यता ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रमुख भिम बहादुर दहाललाई यस बिषयमा प्रश्न गर्दा भन्छन् ”हामीले सकेसम्म ट्राफिक नियमको उल्लङ्घन हुन दिएका छैनौ ट्राफिकको आखा छलेर केहिले ट्राफिक नियमको उल्लङ्घन गरेता पनि हामिले यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याएका छौ । ट्राफिक प्रहरीको काम यात्रुको सुरक्षा माथि खेलबाड हुन नदिनु हो जुन हामि गरी रहेको छौ र ट्राफिक नियम उल्लङ्घन भएको देखेमा प्रहरीलाई खबर गर्न अनुरोध समेत गरे ।

ड्राईभरको लोभले क्षमता भन्दा धेरै यात्रु तथा भारी बोक्ने प्रवृत्तीले प्यासेञ्जरको जिवन खतरामा पर्छ यो राम्रो कुरा होईन । यसका लागि ट्राफिक प्रहरीले नियमन गर्नु र कडा ब्यवहार गर्नु जरुरी देखिन्छ ।

पछाडी १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय अगाडीबाटै असुक्षित तरिकाले यात्रा गरीरहेको दृष्य

तपाईको प्रतिक्रिया